घन्टौंसम्म गाग्री बोक्नुपर्ने बाध्यता टर्‍यो

घन्टौंसम्म गाग्री बोक्नुपर्ने बाध्यता टर्‍यो

सुर्खेत : ‘उमरे छउन्जेल गाग्रीमै पानी बोकेर ल्याएँ, कति रात त सुत्न पनि पाइनँ', आफूले विगतमा भोगको पीडा सुनाउँदै उनले भनिन्, ‘खडेरीको बेलामा त दुई घन्टा टाढा जान्थ्यौं, छिमेकका सबै महिला पानीको पालो कुर्दै रातभर मुहानमै नाचेर बिताउँथ्यौं । उज्यालो नहुँदै गाग्री बोकेर निस्कनुपर्ने बाध्यता थियो, पानीको जोहो गर्दागर्दै मेरो त उमेर नै ढल्कियो ।'

सुर्खेत गढी निवासी ६० वर्षीया दुर्गा चालिसेले यसरी नै आफ्नो आधा जीवन धकेलिन् । कयौं रात राम्रोसँग सुत्न पनि पाइनन् । खानेपानीकै लागि उनले बिहान उज्यालो नहुँदै गाग्री बोकेर मुहानमा कुद्नुपथ्र्यो । पानीको पालो नपाएको दिन घरको सबै काम छुट्थ्यो, उनका छोराछोरी भोकै स्कुल जान्थे । ‘१२ वर्षपछि खोलो पनि फर्किन्छ भन्थे, पुर्खाले त्यसै भनेका रहेनछन्', घर अगाडि पानीको धारा आएपछि खुसी हुँदै दुर्गाले भनिन्, ‘आँगनमै पानी भर्न पाइएला भन्ने मैले सोचेकी थिइनँ तर समय आउने रहेछ । हाम्रा दिन फेरिए, अब गाग्री बोकेर पानी खोज्दै धाउनुपर्ने बाध्यता टरेको छ ।'

 

यस्तै गोठीकाँडा निवासी ५६ वर्षीया विष्णुकुमारी खत्रीले चाहेर पनि अधिकांश रात पूरै निदाउन पाइनन् । गाउँमा खानेपानीको समस्याले गर्दा बिहान उज्यालो नहुँदै उनी मुहान पुग्थिन् । तीन घन्टासम्म समय खर्चेर उनी एक गाग्री पानी जोहो गर्थिन् । गाग्री डोकोमा लिएर उकाली र ओराली गर्ने उनको दैनिकी नै बन्यो । कयौं रहर मारेर उनले अधिकांश उमेर पानी बोकेरै बिताइन् । बुढेसकालमा भने उनको दैलोमै धारा आएको छ । ‘उमेर छउन्जेल डोकोमा पानी निकै बोकियो, सायद भगवान्ले मेरो पीडा बुझेछन्', उनले भनिन्, ‘बुढेसकालले छुँदा पानी बोक्न नसक्ने भएकी थिएँ, अहिले त आँगनमै धारा आयो ।'

आँगनमै धारा आएपछि उनको दिनचर्या बदलिएको छ । पानीको जोहो गर्दै आएको समय अहिले उनले आयआर्जन र सामाजिक कार्यमा लगानी गर्न थालेकी छन् ।गढी र लेखगाउँमा पछिल्लो समय खानेपानीको समस्या टरेको छ । वर्षौंपछि गाउँमा खानेपानी आयोजना सम्पन्न भएपछि घरघरमा धारा जडान भएका छन् । गढीमा ११ किलोमिटर टाढाबाट खानेपानी बस्तीमा ल्याइएको छ । यस्तै लेखगाउँमा भने लिफ्टिङ गरेर पानी बस्तीमा ल्याइएको हो । गाउँमा खानेपानी सुविधा उपलब्ध भएपछि सबैभन्दा बढी लाभान्वित महिला बनेका छन् ।

भान्साको जिम्मेवारी महिलाको हुने हुँदा पानीको जोहो उनीहरूले नै गर्दै आएका थिए । पानीको संकट उनीहरूले बढी बेहोर्नु परेको थियो । लेखगाउँमा खानेपानी सुविधा उपलब्ध भएपछि स्थानीय सुनिता लामिछानेले भनिन्, ‘खानेपानी नहुँदा हाम्रो त बेहाल थियो, भान्सासँग जोडिएकाले पनि महिलाले पानी बोकेरै आफ्नो आधा जीवन गुजारे । गाउँका महिलाको काम भनेकै पानी बोक्ने थियो, विकास र सशक्तीकरणको त पत्तो नै भएन ।'

गाउँमा खानेपानी आएपछि आफूहरूका दिन फेरिएको उनको भनाइ छ । पहिला खानेपानीका लागि दौड्ने गाउँका महिला हिजोआज गाउँमा हुने विकास निर्माण र सामाजिक अभियानमा जुट्न थालेका छन् । ‘पानीले त हाम्रो भविस्य नै उज्यालो बनायो, गाग्री बोक्ने हामी अहिले त गाउँमा सामाजिक जागरण र विकासको भारी बोक्न थालेका छौं', उनले थपिन, ‘बचत भएको समयमा आयआर्जन गर्न थालेका छौं, हिजोआज हामीले गाउँमा आउने बजेट र सरकारी योजना कार्यान्वयनमासमेत चासो दिन थालेका छौं ।'

पानीका लागि समय खर्च गर्नु नपर्ने भएपछि महिलाहरू हिजोआज गाउँको विकास र सुधारमा केन्द्रित बनेका छन् । आँगनमै पानी उपलब्ध भएपछि महिलाको समय बचत भएको छ । यसअघि अधिकांश बालबालिका खाली समयमा पानीको खोजीमा धाउने गर्थे । तर हिजोआज उनीहरू विद्यालय जान थालेका छन्



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.