युनिभर्सिटी अफ टेक्नोलोजीमा छात्रवृति
काठमाडौं : नेपालबाट उच्च शिक्षा अध्ययनका सिड्नीको युनिभर्सिटी अफ टेक्नोलोजी (यूटीएस) रोज्ने विद्यार्थीले आकर्षक छात्रवृति कार्यक्रममा सहभागी हुन पाउनेछन् । नयाँ यूटीएस: इन्सर्चअस्पायर छात्रवृति कार्यक्रमअन्तर्गत ३५ लाख अस्ट्रेलियन डलर (करिब २ करोड ७० लाख रुपैयाँ) को छात्रवृति नेपाल र यस क्षेत्रका विद्यार्थीलाई प्रदान गरिनेछ ।
उक्त छात्रवृति विद्यार्थीले यूटीएस: इन्सर्चमा दोस्रो सेमेस्टरको अध्ययन शुल्कमा उपयोग गर्न सक्नेछन् । यूटीएसलाई टाइम्स हाइएर एजुकेसन (टीएचई) को युवा विश्वविद्यालयको श्रेणीमा तेस्रो वर्षका लागि अस्ट्रेलियाको उत्कृष्ट युवा विश्वविद्यालयमा नामांकन गरेको थियो । यूटीएस ६ स्थानमाथि उक्लँदै विश्वको १५औं स्थान हासिल गरेको छ ।