रेणु यादवलाई घरभित्रै बन्धक बनाए कार्यकर्ताले

रेणु यादवलाई घरभित्रै बन्धक बनाए कार्यकर्ताले

राजविराजः संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष एवं पूर्व मन्त्री रेणुकुमारी यादवलाई उनकै कार्यकर्ताले घरभित्र बन्धक बनाएका छन्।

 

 

 

प्रदेश नं २ मा आगामी असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनको उम्मेदवार छनौटमा टुंगो लागिसकेका उम्मेदवारको नाम परिवर्तन गरेर अर्कैलाई टिक दिएको भन्दै आक्रोशित कार्यकर्ताहरुले यादवको राजविराजस्थित घरअगाडि टायर बालेर प्रदर्शन गर्नुका साथै मुलढोकामा तालाबन्दी गरेका छन्।

बेल्ही चपेना गाउँपालिकाको अध्यक्ष उम्मेदवार सुरेन्द्र यादवको नाम हटाई नवप्रवेशी चितरञ्जन यादवलाई टिकट दिलाएको भन्दै यादवको घर अगाडि कार्यकर्ताहरुले बिहानैदेखि नाराबाजी गरेका हुन्।

उपाध्यक्ष यादवको घरको मूल ढोकामा ताला लगाउनु अघि कार्यकर्ताहरुले राजविराज ३ स्थित जिल्ला पार्टी कार्यालयमा तोडफोड गरेका थिए। पार्टी कार्यालयमा तोडफोड गरेपछि मधेस प्रदेश संयोजक समेत रहेका यादवको घरमा चितरञ्जन यादवलाई देखेपछि उनिहरुले चर्को नाराबाजी गर्दै दुव्यर्वहार समेत गरे। घरमा रहेका कुर्सीहरु तोडफोड गरी आफूसँग रहेका कार्यकर्ताहरुलाई हातपात गरेको उपाध्यक्ष रेणु यादवले बताइन्।

बिरोधका लागि पार्टी कार्यालय जानु पर्नेमा व्यक्तिगत घरमा गएर प्रदर्शन गर्नु अनुचित रहेको उनले बताइन्। उनले अगाडि भनिन-अन्य पार्टीहरुले पनि व्यक्तित्व हेरेर नवप्रवेशीहरुलाई दिएको छ, पार्टीको आधिकारिक निर्णय आइसकेको छैन् । यादवको घरबाहिर व्यापक प्रहरी परिचालन गरिएको छ।

सप्तरीको बोदे बसाईन नगरपालिकामा आफ्ना छोरा अभिषेककुमार यादवलाई मेयर पदको टिकट दिलाउन असफल भएपछि रेणु यादवले बेल्ही चपेना गाउँपालिकामा उम्मेदवार परिवर्तन गरेको बेल्ही चपेना १ का धर्मनारायण यादवले बताए। बोदे बर्साइन नगरपालिकामा रेणुको छोराको साटो पार्टी केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज अनिरुद्धप्रसाद सिंह यादवका छोरा आतेशकुमार सिंह यादवले टिकट पाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.