नदीजन्य पदार्थको चोरी रोक्न विशेष टोली

नदीजन्य पदार्थको चोरी रोक्न विशेष टोली

परासी : जिल्लाका विभिन्न खोलाहरूबाट नदीजन्य पर्दाथको चोरी बढेपछि प्रहरीले विशेष टोली परिचालन गरेर नियन्त्रण अभियान सञ्चालन गरेको छ । अभियान सञ्चालनपश्चात् २० दिनको अवधिमा १३ लाख रुपैयाँभन्दा बढी राजश्व संकलन भएको छ ।

असारमा खोलाहरूको ठेक्का अवधि सकिएलगत्तै ढुंगा र बालुवाको चोरी निकासी तीव्र रूपमा बढे पनि प्रहरीले वास्ता नगरेको गुनासो बढेको थियो । सोही समयमा सरुवा भएर आएका प्रहरी उपरीक्षक मुकुन्दराज आचार्यले विशेष टोली गठन गरेर नियन्त्रण अभियान सञ्चालन गरेपछि दैनिकजसो चोरीका सवारीसाधन नियन्त्रणमा आउन थालेका हुन् । अहिले दिनहुँजसो ढुंगा, बालुवा चोरी गरेको भन्दै प्रहरीले सवारीसाधन जिल्ला समन्वय समितिमा ल्याउने गरेको निमित्त स्थानीय विकास अधिकारी वसन्त भट्टराईले बताए । साउन २५ देखि हालसम्म १३ लाख २८ हजार जरिवानाबापतको राजश्व संकलन भएको उनले जानकारी दिए ।

 

प्रहरीको सक्रियतासँगै चोरीका सवारीसाधन पक्राउ पर्ने क्रम बढेको र दैनिकजसो १ लाखका दरले जरिवाना संकलन हुने गरेको भट्टराईले बताए । खोलामै गएर नदीजन्य पर्दाथ संकलन गरेको अवस्थामा पक्राउ परेका सवारीसाधनमा सबैभन्दा बढी ट्र्याक्टर छन् । ८४ वटा सवारीसाधनबाट जरिवाना संकलन गरिएको हो जसमा ८० वटा ट्र्याक्टर, ३ वटा टिपर र १ जेसीभी छन् ।

जिल्ला समन्वय समितिले चोरी गर्ने सवारीसाधनमध्ये ट्र्याक्टरलाई १५ हजार, टिपरलाई २५ हजार र जेसीभीलाई ५० हजार जरिवाना तोकेको छ । सबैभन्दा बढी दुम्किवास, सुनवल, कावासोती, अरुणखोला, भूमही, बर्दघाटलगायतका क्षेत्रबाट नदीजन्य पदार्थको चोरी हुने गरेको प्रहरी उपरीक्षक आचार्यले बताए । ठेक्का नलाएको अवस्थामा खोलाहरूमा चोरी बढेको र ठेक्का नलागेसम्म प्रहरीको विशेष अभियान सञ्चालन हुने प्रहरी उपरीक्षक आचार्यले बताए ।

प्रहरी निस्क्रिय हुँदा राजश्वसमेत घाटा हुने देखिएको भन्दै निमित्त स्थानीय विकास अधिकारी भट्टराईले नदीजन्य पर्दाथको अभावमा निर्माण कार्यमा क्रमशः समस्या पर्न थालेकाले खोलाको ठेक्का प्रक्रिया सुरु गरिने बताए ।

जिल्लाका १३ वटा खोलामा ठेक्का लगाउन राष्ट्रपति चुरे संरक्षण समितिमा सहमतिका लागि पत्रचार गरिएको उनले बताए । सहमति आउनेबित्तिकै प्रक्रिया अघि बढाएर ठेक्का आह्वान गरेपछि चोरी निकासी नियन्त्रणमा आउने उनले बताए । नदीजन्य पदार्थको ठेक्का लगाउँदा जिल्ला समन्वय समितिले वार्षिक १४ करोडभन्दा बढी राजश्व संकलन गर्दै आएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.