सेवा नदिने र मुण्टो बटार्ने प्रवृत्तिको अन्त्य गर्नुसः प्रधानन्यायाधिश

सेवा नदिने र मुण्टो बटार्ने प्रवृत्तिको अन्त्य गर्नुसः प्रधानन्यायाधिश

नुवाकोट : प्रधानन्यायाधिश गोपाल पराजुलीले अदालतबाट जनतालाई सेवा नदिने र मुण्टो बटार्ने प्रवृत्तिको तत्काल अन्त्य गर्न निर्देशन एिका छन्
विनासकारी भुकम्पपछि ध्वस्त नुवाकोट जिल्ला अदालत परिसर विदुरमा सोमवार शिलन्यास गर्दै प्रधानन्यायाधिश पराजुलीले अब न्यालयलयमा न्याय छिटोछरितो र दोषीलाई सजाय दिलाउने विषयमा प्रतिस्पर्धा गर्नुपर्ने समय आएको बताए । उनले आइटीको वर्तमान युगमा अब सुचना प्रविधिको साथ लिएर सेवाग्राहीले पाउने सेवा र सूचना प्रणाली व्यवस्थित गरिने दावी गरे ।

 

‘न्यायालयमा ढिलासुस्तीको अन्त्य गरी मुस्कानसहित कसरी राम्रो सेवा सेवा दिन सकिन्छ भन्ने विषयमा न्यायाधिश तथा न्यायकर्मीहरु सजग हुनुहोस्' पराजुलीले भने । जनताको अन्तिम न्याय भनेकै अदालत भएका कारण मुद्धालाई सत्यतथ्यरुपमा न्याय दिलाउने कार्य छिटो र पारदर्शी गर्न उनले निर्देशन दिएका हुन् ।

उनले भूकम्पले पीडित जनता आफैं पीडामा रहेका कारण मुद्धामामिलालगायतका कार्य सम्बन्धित अदालतबाट छिटो र पारदर्शी रुपमा पाएमा थप न्यायको महसुस गर्न पाउने बताए । उनले न्याय क्षेत्रमा आमनागरिकको उच्च विश्वास तथा भरोसा रहेका कारण यसलाई कसैले पनि हुनै हालतमा डग्मगाउन दिन नहुने उनको भनाई थियो । कानुनका आधारमा न्याय निशाफ गर्ने हक अदालतलाई भएकाले सदुपयोग गर्नुपर्ने उनले बताए ।

मुद्धामामिलाको फैसलालगायतका अदालती कामकारवाही ढिलो भएमा जनताले राहतको बदला आहत पाउने भएका कारण यसतर्फ सावधानी अपनाउन नुवाकोटमा न्यायिक क्षेत्रका अधिकारीहरुलाई निर्देशन दिए । ‘नुवाकोटको न्यायलयबाट गुनासो होइन, राम्रो र गुणस्तरीय काम भएको गुणगान सुन्न पाउँ ।' उनले भने ।

२०७२ साल वैशाख १२ गतेको विनासकारी भूकम्पले भत्केको नुवाकोट अदालत भवन २०७२ साल असोजदेखि अस्थायी प्रिफेव भवनवाट दैनिक कामकारवाही भइरहेकोमा समस्या परेको प्रधानन्यायाधिश गोपाल पराजुलीलाई नुवाकोट जिल्ला न्यायाधिश लोकजंग शाहले जानकारी गरए । छिटो भन्दा छिटो भूकम्प प्रतिरोधी नयाँ भवन बनाउन सम्वन्धित निकायलाई निर्देशन दिइएको जिल्ला न्यायाधिश शाहले बताए ।

अदालतको भवन कुल १४ करोड ६५ लाख २४ हजार आठसय ८७ रुपैयाँको लागतमा निर्माण हुने छ । जसमा नेपाल सरकारको १२ प्रतिशत र बाँकी एशियाली विकास बैंको ऋण लगानीबाट निर्माण गरिने जनाइएको छ । नुवाकोट हुँदै चीनतर्फको उत्तरी नाका रसुवागढी र रसुवा जिल्ला समेत रहेको कारण नुवाकोटमा अब तीन वटा पुर्ण इजलाश र एक वाल इजलाश रहने भएका कारण सोही अनुसार भवन निर्माण गर्न निर्माण कम्पनीलाई प्रधानन्यायाधिश गोपाल पराजुलीले निर्देशन दिए ।

साँढे तीन तल्ला रहने जिल्ला अदालत भवन निर्माण गरिने योजना नेपाल सरकारले भूकम्प पुर्ननिर्माण अभियान अन्र्तगत निर्माण सुरु गरेको हो । अदालतको कार्यालय भवनको भुइतलामा प्रशासनिक कक्ष, पहिलो तल्लामा तीन वटा पुर्ण इजलास र एक वाल इजलासहित न्यायाधिशको च्याम्वर, दोश्रो तल्लामा छुट्टै इजलाससहित बैठक कक्ष र पुस्तालय, तेश्रो तल्लामा पाहुना आवास निर्माण गरिने शहरी तथा भवन निर्माण कार्यालय नुवाकोटले जनाएको छ ।

सो कार्यालयका प्रमुख विदुर खड्काले भवनमा झगडियासँग न्यायाधिशको भेट नहोस् भन्नका लागि न्यायाधिश र सेवाग्राहीको छुट्टाछुट्टै पैदलमार्ग र भर्‍याङ निर्माण गरिने योजना रहेको बताए । सो भवन नुवाकोट र रसुवाकै नमूना भवनको रुपमा निर्माण गरिन लागेको खड्काले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.