चार सय बर्ष पुरानो शिलालेख भेटियो
सन्धिखर्कः अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकास्थित जलुके नौमुरेमा परापूर्व कालमा लेखिएको शिलालेख फेला परेको छ।
शीतगंगा नगरपालिका ७ रातामाटा नौमुरेमा एउटा ढुङ्गामा परापूर्व कालमा नेपाली भाषामा लेखिएको अभिलेख फेला परेको हो। शिलालेखमा मिति १६८५ साल चैत्र १३ गते लेखिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्री नौमुरे जलविद्युत आयेजना स्थल हेर्न जाने क्रममा शिलालेख भेटिएको हो। श्री लेखिएकोले कुनै सरकारी तर पुरानो अभिलेख हुनसक्ने वा राप्ती नदिले बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको अर्घाखाँचीका सहायक प्रजिअ खत्रीले बताए।
उनले ढुंगामा लेखिएको पुरानो लिपि भएकाले विज्ञले बिश्लेषण गर्नसक्ने भन्दै शिलालेखका तस्बिरहरु फोटो बिज्ञलाई पठाइएको बताए। शिलालेख ठुलो ढुङ्गामा रहेको र गढेको छ। साथै त्यहाँ जाने बाटो समेत छैन।