छतबाट खसेर कामदारको मृत्यु
दमक: झापाको दमक-६ स्थित एक कामदारको घरमा काम गर्ने क्रममा छतबाट खसेर मृत्यु भएको छ। मृत्यु हुनेमा कन्काई नगरपालिका सुरुङ्गाका ४० बर्षीय गोपाल बिश्वकर्मा रहेका छन्।
उनको सोमबार बिहान पौने दश बजे हस्त बहादुर लिम्बुको घरमा मर्मतको काम गर्दै गर्दा छत बाट खसेर घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ।
बिश्वकर्माको शव पोष्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पताल लगिएको छ।