जाजरकोटमा अंग्रेजी सिकाउँदै बेलायती

जाजरकोटमा अंग्रेजी सिकाउँदै बेलायती

जाजरकोट: बेलायतबाट दुर्गम जाजरकोटको एक विद्यालयमा अंग्रेजी सिकाउन दुई जना स्वयम्सेवीहरु आएका छन्। अध्यापनका लागि बेलायत स्कटल्याण्डका लुईस र वेल्सका ग्रेफ त्रिभुवन माध्यमिक विद्यालय खलंगा आएका हुन्। सोमबार पहिलो पटक आएका उनीहरुलाई विद्यालयले भव्य स्वागत गरेको छ।

 

प्रोजेक्ट ट्रष्ट यूकेबाट स्वयम्सेवीको रुपमा आएका उनीहरु जाजरकोटमा एक बर्ष बस्नेछन्। उक्त संस्थाले ए लेभल पास गरेका विद्यार्थीबाट आवेदन लिएर विश्वका नेपाल लगायत ३६ देशमा स्वयमसेवकको रुपमा खटाउने गरेको छ। यो संस्थाले नेपालमा अंग्रेजीमा कमजोर रहेका दुर्गमका विद्यालयमा स्वयमसेवीको रुपमा खटाउने गरेको छ।

चार बर्ष देखि नेपालका बाग्लुङ्ग, रुकुम, म्याग्दी, प्युठान र मुस्ताङ्गका विद्यायलमा स्वयमसेवी शिक्षकको रुपमा पठाउँदै आएको सो संस्थाले यस बर्ष देखि जाजरकोटमा समेत पठाएको हो। ६ जिल्लाका १२ विद्यालयमा २४ जना स्वयमसेवी शिक्षकले काम गर्नेछन्। उनीहरुले अंग्रेजी विषयको गुणस्तरमा विषेश जोड दिने प्रोजेक्ट ट्रष्ट युकेका नेपाल प्रतिनिधी डा.शान्तराज न्यौपानेले बताए।

स्वयम्सेवीहरुले विद्यालयमा ६ देखी ८ कक्षासम्म अंग्रेजीका साथै गणित, विज्ञान र कम्प्युटर विषय अध्यापन गर्ने प्रधानाध्यापक हेरम्ब बहादुर शाहले बताए। लुईसले भुगोलमा पिएचडी गरेर वातावरण संरक्षणमा लाग्ने लक्ष्य रहेको बताए। त्यस्तै अर्का शिक्षक ग्रेफले जीव विज्ञानको अध्ययन गरेर डाक्टर बन्ने लक्ष्य रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.