चुनाव दुई नम्बर प्रदेशमा, सुरक्षा एक नम्बरमा
विराटनगर: आगामी असोज २ गते दुई नम्बर प्रदेशमा हुन लागेको तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई लिएर प्रदेश नम्बर एकमा पनि प्रहरीले उच्च सतर्कता अपनाइएको जनाएको छ। एक नम्बर प्रदेश प्रहरी कार्यालयले सोमबार विराटनगरमा दुई नम्बर प्रदेशको निर्वाचनलाई लिएर अपनाइएको सुरक्षा व्यवस्थाका बारेमा जानकारी दिएको छ।'तेस्रो चरणको स्थानीय तह निर्वाचन नजिकिंदै छ,' एक नम्बर प्रदेश प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) पशुपति उपाध्यायले भने, 'निर्वाचनलाई असर पुग्ने खालका कुनै पनि गतिविधी हुन नपाओस भनेर प्रदेश नम्बर एकमा पनि कडाई गर्न थालिएको छ।'
एक नम्बर प्रदेश प्रहरी कार्यालयले सोमबार विराटनगरमा दुई नम्बर प्रदेशको निर्वाचनलाई लिएर अपनाइएको सुरक्षा व्यवस्थाका बारेमा जानकारी दिएको छ।'तेस्रो चरणको स्थानीय तह निर्वाचन नजिकिंदै छ,' एक नम्बर प्रदेश प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) पशुपति उपाध्यायले भने, 'निर्वाचनलाई असर पुग्ने खालका कुनै पनि गतिविधी हुन नपाओस भनेर प्रदेश नम्बर एकमा पनि कडाई गर्न थालिएको छ।' उपाध्यायले भारतसंग सीमाना जोडिएका प्रदेश नम्बर एकका सबै जिल्लामा उच्च सतर्कता अपनाइएको जानकारी दिए।
दुई नम्बर प्रदेशमा निर्वाचन हुँदा प्रदेश नम्बर एकबाट हुन सक्ने सुरक्षा चुनौतीको मूल्याँकन गर्दै त्यही हिसावको सुरक्षा व्यवस्था मिलाइएको उनको भनाइ छ। निर्वाचनमा घूसपैठ, अवाञ्छित गतिविधी र निर्वाचनलाई असर पुग्ने खालका कुनै पनि क्रियाकलाप हुन नदिन प्रहरी चनाखो भएर लागेको जानकारी उनले दिए।
'सबै ठाउँको सुरक्षा व्यवस्था कडा पारिएको छ,' एआईजी उपाध्यायले भने, 'दुई नम्बर प्रदेशमा प्रवेश गर्ने सबै ठाउँहरुमा प्रहरीले चेकजाँच बढाएको छ।' निर्वाचन विरोधी गतिविधि गर्न खोज्ने जोसुकैलाई पनि तत्काल नियन्त्रणमा लिएर कारवाही अघि बढाइने उनले बताए। उपाध्यायले अस्वभाविक गतिविधि र हर्कतहरु तत्काल नियन्त्रणमा लिइने पनि जानकारी दिए।
निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नु नेपाल प्रहरीको दायित्व भएकाले पनि सबै ठाउँमा निगरानी बढाएर प्रहरी उपस्थिती बाक्लो बनाइएको बताउँदै उनले भने, 'दुई नम्बर एक नम्बरको छिमेकी प्रदेश पनि हो। छिमेकमा कुनै समस्या आउन दिन हुन्न भन्ने मान्यताका आधारमा प्रहरी तैनाथी बढाइएको हो।'
उपाध्यायले तेस्रो चरणको स्थानीय निर्वाचनमा थप मद्धतका लागि एक नम्बर प्रदेशबाट तीन हजार नौ सय १९ प्रहरी दुई नम्बर प्रदेशको सप्तरी र सिरहामा परिचालन गरिसकिएको पनि बताए। थप मद्धतका लागि पठाइएका प्रहरी सप्तरी र सिरहा पुगिसकेका छन्।
पाँच दिन अघि मात्रै प्रदेश प्रहरी प्रमुखका रुपमा विराटनगर आइपुगेका एआईजी उपाध्यायले आफ्नो कार्यकालमा कुनै पनि अपराधले उन्मुक्ती पाउन नसक्ने स्पष्ट पारेका छन्। 'अपराधलाई उन्मुक्ती दिने हिसावका कुनै पनि गतिविधी हुने छैनन्,' उनले भने, 'अपराध नियन्त्रण गरेर समाजमा शान्ति सुरक्षाको अवस्था मजवुत बनाउने मेरो मुख्य कार्ययोजना छ।'
उनले आफ्नो कार्यकाललाई काम गरेर देखाउने अवसरका रुपमा सदुपयोग गर्ने पनि बताए। ‘पुलिसिङ इन्टिलेजेन्समा आधारित हुनु पर्छ,' उनले भने, ‘व्यवसायिक दक्षता र सामथ्र्य प्रस्तुत गरेर प्राप्त स्रोत एवं साधनको अधिकतम प्रयोग गर्दै समाजलाई अपराध रहित बनाउनेतर्फ प्रहरी केन्द्रीत हुने छ।'
समाजबाट सूचना र सहयोग नपाए अपराध नियन्त्रणमा अप्ठेरो हुने बताउँदै उपाध्यायले अपराध नियन्त्रणमा कुनै पनि अवरोध आउन नदिने हिसावमा प्रहरी अघि बढ्ने जानकारी दिए। उनले घरेलु हिंसा, महिला हिंसा, सीमा अपराध लगायतका अन्य अपराधिक गतिधिवी नियन्त्रण आफ्नो प्राथमिकतामा रहेको जानकारी पनि दिए।