अनधिकृत रुपमा नदिजन्य पदार्थको तस्करी

अनधिकृत रुपमा नदिजन्य पदार्थको तस्करी

धरान: धरान उपमहानगरपालिकाको पूर्वतर्फको सेउतीखोलामा अनधिकृत रुपमा स्काभेटर प्रयोग गरी नदिजन्य पदार्थ ढुङ्गा, गिटी र बालुवा तस्करीले तीब्रता पाएको छ। इनरुवाका ठेकेदार जयप्रकाश साहले स्काभेटर र ट्रिपर प्रयोग गरी नदीजन्य पदार्थको उत्खनन गरिरहेका छन्।

सरकारले मानववस्ती, पुल, मोटरबाटो, वन क्षेत्र र सार्बजनिक स्थलको ५ सय मिटर वरपर खोला उत्खनन गर्न प्रतिबन्ध लगाएको भएपनि धरानको सेउती खोलामा भने निर्वाध रुपमा ढुंगा, गिटी र बालुवाको तस्करी हुँदा पनि प्रशासन मौन रहेको भन्दै स्थानीय आक्रोशित बनेका छन्। उनीहरुले नदिजन्य पदार्थ उत्खनन् रोक्न र ठेकेदारलाई कारवाही गर्न माग पनि गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले सेउती खोलामा अनधिकृत रुपमा स्काभेटर प्रयोग गरी नदिजन्य पदार्थको तस्करी गर्ने को १ ख १७६७ नम्बरको स्काभेटर, को १ ख ५६४७ नम्बरको ट्रिपर सहित चालकहरु महेश यादव र कुमार कार्कीलाई पक्राउ गरी कानुनी कारवाही अगाडि बढाइएको बताए।

धरानको सेउती खोला र शेहरा खोलामा स्काभेटरले नदिजन्य पदार्थको उत्खनन गरिएका कारण यस पटक बुढिखोला, शेहरा खोला र सेउती खोलाको बाढी आउँदा इटहरीका विभिन्न बस्तीमा बसेर ८ जनाको ज्यान लिनुका साथै सयौं घर डुबानमा परेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.