करोडौं ठगेर सपरिवार वेपत्ता

करोडौं ठगेर सपरिवार वेपत्ता

पोखरा: आफन्त र चिनजानका थुप्रै व्यक्तिहरुबाट ५० करोड रुपैयाँ जति ठगेर पोखरा-१४ की देवीकुमारी भुजेल र उनका पति लक्ष्मण थापा वेपत्ता भएका छन्। उनीहरुको खोजीका लागि कास्की प्रहरीले अन्य प्रहरी कार्यालयहरुमा पत्राचार गरेको छ। प्रहरीले उनीहरुको हाउभाउ र हुलियाबारे समेत जानकारी गराएको छ।

स्याङ्जाको भाटखोला स्थायी ठेगाना भएकी भुजेल र उनका पति लक्ष्मण थापा भदौ १४ देखि मोबाइल स्विचअफ गरी सम्पर्कविहीन बनेको कास्की प्रहरी प्रवक्तासमेत रहेका डिएसी खड्क खत्रीले जानकारी दिए। उनका अनुसार देवीबाट ठगिएको भन्दै उनको घर वरिपरिका छिमेकसमेत गरी ५० जनाले उजुरी दर्ता गराएका छन्।

जग्गा कारोबार गर्दै आएकी देवीले लेनदेन र सापटीको बाहनामा थुप्रैसँग पैसा संकलन गरेकी थिइन्। उजुरी गर्नेहरुका कुराकै आधारमा पनि देवीले झन्डै ५० करोड रुपैयाँ ठगेको अनुमान गरिएको डिएसपी खत्रीले बताए। उनकै भनाइमा १ करोड रुपैयाँभन्दा बढी ठगिएका पीडितमात्रै ५ जना छन्। तीमध्ये कसैको झन्डै २ करोड रुपैयाँसम्म देवी दम्पतीले हात पार्न सफल भएका छन्।

भुजेल दम्पतीले पोखरा—१४ स्वागतनगरको घरसमेत बेचिसकेका छन्। घर किन्ने व्यक्ति समेत ठगिएको दुखेसो गर्दै प्रहरीकहाँ पुगेका छन्। घर किनेकी शोभा लम्सालले पनि देवीलाई सापटी दिएको पैसा फिर्ता पाइसकेकी थिइनन्। उनले भनेकी छन्, ‘ठग्नेजस्तो लागेकै थिएन।'

अर्को घर बनाउने भनेर देवी बेचिसकेको घरमै भाडामा बस्दै आएको पनि शोभाले जानकारी दिएकी छन्।उनका अनुसार पतिलाई अमेरिका पठाउने त कसैसँग जग्गाका लागि बैना लगाउन पर्यो‍‍ भन्दै देवीले अरुसँग पैसा लिएकी थिइन्। देवी र लक्ष्मण आफ्ना स्कुले सन्तानसमेत लिएर वेपत्ता बनेका हुन्। उनीहरुका छोराछोरी घर नजिकैका स्कुलहरुमा पढ्थे।

यसअघि लेनदेनको कुनै पनि विषय र उजुरी देवीका विरुद्ध प्रहरीमा नआएको डिएसपी खत्रीले जानकारी दिए। भारतीय सेनाका पेन्सनर देवीका पति लक्ष्मणले पनि अरुसँग सरसापटी लिएको उजुरी पीडितहरुले गरेका छन्। लक्ष्मणसँग बिहे हुनुअघिदेखि नै देवीले पोखरामा जग्गा कारोबार गर्दै आएको पीडितहरु बताउँछन्। ‘घर, गाडी र मिठो बोलीबचन देखेपछि कसैले पनि अविश्वास गरेनन्,' पीडितका एक आफन्तले भने, ‘पेन्सन निस्कँदा पाएको झन्डै १ करोड रुपैयाँसम्म लगेर देवीलाई बुझाएका मान्छे पनि छन्।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.