अलपत्र बालबालिका आफन्तको जिम्मा लगाइयो

अलपत्र बालबालिका आफन्तको जिम्मा लगाइयो

सन्धिखर्क : तीन महिना पहिला आमा र एकहप्ता पहिला बुवाले अलपत्र छाडेर गएका बालबालिकालाई सोमबार उनीहरुका काका लिल बहादुर पुनलाई जिम्मा लगाइएको छ ।
सुर्योदय महिला बचत तथा सहकारी संस्थाले संचालनमा ल्याएको सेभ हाउसमा झन्डै ३० घण्टा स्याहार गरी राखिएका ती बालबालिकालाई विभिन्न ब्यक्तिहरुको रोहबरमा जिम्मा लगाइएको हो ।


बालबालिकाका बुबा आफ्नै भाइको मृत्यु भएका कारण हंशपुर ८ छहरा गएको बुझिएको छ । निजका भाइ भारतबाट घर आउदा आउदै सेभ हाउसका महिलाहरुले खबर गरेपछि सेभ हाउसमा आई ‘दाजु भाउजुले अलपत्र पारेपनि आफ्नै छोराछोरी जस्तै गरी पाल्ने’ भन्दै पुनले जिम्मा लिएका हुन ।
ती वालवालिका सन्धिखर्क नगरपालिका १२ डिभर्नाको जर्रे खोलामा बेबारिसे अबस्थामा भेटिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.