मोरङका बाढीपीडित परिवारलाई राहत वितरण

मोरङका बाढीपीडित परिवारलाई राहत वितरण

काठमाडौं: मोरङका वाढी पीडितहरुलाई रामप्रसाद राई स्मृति प्रतिष्ठान, विभिन्न विद्यालय तथा संघ संस्थाहरुले संकलन गरेको रकम वितरण गरिएको छ।उक्त जिल्लामा बाढीमा परी मृत्यु भएका १२ परिवारलाई जनही १५ हजारको दरले रकम वितरण गरिएको हो।

 

प्रतिष्ठानकी अध्यक्ष एवं सभासद माननिय तारादेवी राई तथा एम्बिसन कलेजका निर्देशक तथा प्रतिष्ठानका सचिव देवीप्रसाद घिमिरेको टोलिले भाद्र हालै पीडितहरुको घर दैलोमै गएर समवेदना प्रकट गर्दै रकम वितरण गरेका हुन्।

सोही अवसरमा वाढीबाट एघार किलोमिटर बगेर पनि बाँचन सफल इटहरीका साहसी महिला सानुमाया राई, साहसी महिला राधादेवी राई जसले नवजात शिशु सहित अरुको समेत सुरक्षा गरेकी थिइन् र माकिम राई तथा अर्कि साहसी व्यक्तित्व जसले घरको छाना फोरेर परिवार बचाएका थिए लगायतलाई पनि जनही दश हजार रुपैंया प्रदान गरिएको थियो।

कार्यक्रममा विराटनगर परोपकार घाटमा वस्दै आएका पीडित असहाय लाल बहादुर श्रेष्ठको परिवारलाई ६ हजार श्ररुपैंया प्रदान गरिएको थियो। काठमाडौका विभिन्न संध संस्था, विद्यालय, कलेज, समाजसेवी राजकुमार राई, जेशिका चेम्जोङ, जयाँ मल्टिपल कलेज, एम्बिसन कलेज लगायतका माहानुभावहरुबाट सङ्कलित राहतको संयोजन रामप्रसाद राई स्मृति प्रतिष्ठानले गरेको थियो।

जया मल्टिपल क्याम्पस, एम्बिसन कलेज, ग्लोबल पाठशाला, आनन्द इभेन्ट, न्यू अरूणोदय स्कुल, माउन्ट एभरेष्ट स्कुलका विद्यार्थीहरूले एकदिनको खाजा खर्च कटाएर जम्मा गरेको रकम तथा विभिन्न महानुभावहरूद्वारा संकलित रकम राहत स्वरूप वितरण गरिएको कार्यक्रम संयोजक देवी घिमिरेले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.