कांग्रेसंग हाम्रो सहकार्य हुन सक्छः राणा

कांग्रेसंग हाम्रो सहकार्य हुन सक्छः राणा

जनकपुरधाम: नवगठित राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर राणाले मधेसलाई मुलुकको मूलधारमा ल्याउन आफ्नो पार्टी निरन्तर संघर्षरत रहने बताएका छन्।

प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन तयारीका लागि जनकपुर आएका अध्यक्ष राणाले सोमबार पार्टीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा भने, मधेसको समस्या समाधान गराई यसलाई देशको मूलधारमा ल्याएमात्र राजनीतिक निकास सम्भव हुने छ।'

 

उनले मधेसको एजेन्डा निकै बलियो भएको हुनाले एकपटक संविधान संशोधन विफल हुँदैमा मुद्धा कमजोर नहुने बताए। उनले भने, ‘स्थानीय तह संगै प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएपछि पुनः सम्पूर्ण राजनीतिक दलले मधेसको मुद्दा समाधानका लागि संशोधन विधेयक पारित गराउन अग्रसर हुनु पर्दछ।'

अन्य कुनै पार्टी यसतर्फ अग्रसर नभएपनि राप्रपा (प्रजातान्त्रिक) दुई तिहाईका लागि सदैव प्रयत्नरत रहने उनको भनाई थियो । अध्यक्ष राणाले तत्कालिन नेतृत्वले कमल थापासंगको एकीकरण गरेपनि नेपाली जनताले त्यसलाई अस्वीकार गरेको दावी गरे। पहिलो र दोस्रो चरणको निर्वाचनमा पार्टीले ब्यहोर्नु परेको पराजय त्यसको उदाहरण रहेको उनको भनाई थियो।

तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले नेपाली कांग्रेससँग सहकार्य गर्न सक्ने सम्भावना भएपनि अहिले यस विषयमा निधो नभएको उनले जानकारी गराए। मधेसलाई मात्र सत्तामा पुग्ने भर्‍याङ्गको रुपमा प्रयोग गरेका कमल थापाबाट अलग भएर मधेसको अधिकारका लागि आफूहरुले छुट्टै पार्टी गठन गरेको हुनाले मधेसी जनताले सो भावनालाई बुझ्नुपर्ने राणाको भनाई थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.