त्रिशुलीबाट बालुवा निकाल्ने क्रममा चालक बेपत्ता
नुवाकोट: त्रिशूली नदिले बगाएर नुवाकोटको रातमाटे नजिकैबाट सोमबार स्काभेटरका चालक बेपत्ता भएका छन्। उनको खोजी जारी छ।
सदरमुकाम विदुरदेखि १५ किलोमिटर दक्षिणमा रहेको बेलकोटगढी नगरपालिका वडा नं.७ ठुलोखोला नजिकै त्रिशूली नदिबाट राति बालुवा झिक्ने क्रममा वा२क ५२९२ नम्बरको कोमात्सु स्काभेटरका चालक २९ बर्षीय सुरेश तामाङलाई नदिले बगाएको हो।
स्थानीय जालपादेवी बालुवा प्रशोधन उद्योग अन्तरगत सो उद्योगमा कार्यरत स्काभेटरलाई नदीले पल्टाएपछि उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक बिरेन्द्रकुमार बस्यालले जानकारी दिए।
नदि र खोलाबाट अवैध ढंगले ढुंगा र बालुवा उत्खनन गर्न नहुने सरकारीे निर्णय विरुद्ध नुवाकोटका नदिहरुबाट अवैध रुपमा बालुवा गिट्टी उत्खनन भइरहेको छ।