असोज २ मा सार्वजनिक बिदा दिन आयोगको आग्रह
काठमाडौं: निर्वाचन आयोगले स्थानीय तहको तेस्रो चरण निर्वाचनको दिन असोज २ गते सार्वजनिक बिदा दिन गृह मन्त्रालयसँग आग्रह गरेको छ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा सोमबार बसेको बैठकले तेस्रो चरणको स्थानीय तह निर्वाचन हुने सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा असोज २ गते एक दिन सार्वजनिक बिदा दिन माग गर्ने निर्णय गरेको हो।
बैठकले निर्वाचन हुने ८ जिल्लाका सार्वजनिक एवं संस्थागत विद्यालय र क्याम्पसमा भदौ २९ देखि असोज २ गतेसम्म पाँच दिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको छ।