एउटै विद्यालयमा दुई प्रधानाध्यापक

एउटै विद्यालयमा दुई प्रधानाध्यापक

जाजरकोट : जिल्लाको एक विद्यालयमा दुईजनाले प्रधानाध्यापक भएर काम गरिरहेको पाइएको छ । छेडागाड नगरपालिका ११ झाप्रास्थित बाल माध्यमिक विद्यालयमा व्यवस्थापन समितिले एकजनालाई र जिल्ला शिक्षा कार्यालयले अर्कोलाई प्रधानाध्यापकको जिम्मेवारी दिने निर्णय गरेपछि विद्यालयमा दुईजना प्रधानाध्यापक भएका हुन् ।

राजनीतिक खिचातानीका कारण एउटै विद्यालयमा दुई व्यक्ति प्रधानाध्यापक भएका हुन् । तत्कालीन प्रधानाध्यापक प्रतिमा थपलियाको गत वर्ष जिल्लाबाहिर सरुवा भएपछि माध्यामिक तह राहत दरबन्दीमा कार्यरत शिक्षक विनोदकुमार शाहलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिइएको थियो । शिक्षा कार्यालयले साउन २२ गते विद्यालय व्यवस्थापन समितिलाई शिक्षा नियमाबलीअनुसार स्थायी शिक्षकमध्येबाट एकजनाको नाम प्रधानाध्यापक नियुक्तिका लागि सिफारिस गर्नु भनेर परिपत्र पठायो ।



समितिले कार्यालयको पत्रको बेवास्ता गर्दै उच्च मावि अनुदान कोटामा कार्यरत शिक्षक पृथीबहादुर सिंहलाई साउन २६ गते प्रधानाध्यापक पदमा नियुक्ति गर्ने निर्णय गरेपछि विवाद चुलिएको हो । व्यवस्थापन समितिले गरेको निर्णय नियमसंगत नभएको भन्दै शिक्षा कार्यालयले निमित्त प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएका शाहलाई नै निरन्तरता दिएको छ । तर व्यवस्थापन समितिले सिंहलाई नै प्रधानाध्यापकको जिम्मेवारी दिने अडान लिएपछि दुवैले प्रधानाध्यापक आफू नै भएको दाबी गर्न थालेका छन् । त्यस विद्यालयमा माध्यमिक तहमा कुनै पनि शिक्षक स्थायी छैनन् । शिक्षा ऐनअनुसार माध्यमिक तहको प्रधानाध्यापकमा सम्बन्धित तहको स्थायी नभएको खण्डमा सोही तहको अस्थायी, सो पनि नभए तल्लो तहको स्थायी शिक्षक हुनुपर्ने व्यवस्था गरेको छ ।

विद्यालयमा प्रधानाध्यापक र अन्य विषयमा विवाद भइरहँदा गत चार वर्षदेखि चार कोठे भवन निर्माण अलपत्र परेको र शिक्षकको आपसी मनमुटाबले पठनपाठन प्रभावित भएको छ ।

साबिकको निमावि तहमा तीनजना स्थायी शिक्षक बद्रीनाथ योगी, भक्तबहादुर खत्री र कुलानन्द चौधरी रहेकाले कार्यालयले ती तीनजनामध्ये एकलाई प्रधानाध्यापक नियुक्त गर्न गरेको पत्राचारलाई विद्यालय व्यवस्थापन समितिले लत्याइदिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर थापाले विद्यालयको हित र सबैको सल्लाहमा पृथीवहादुर सिंहलाई प्रधानाध्यापक पदमा नियुक्त गरिएको दाबी गरे । उनले शिक्षा कार्यालयले किन आफूहरूको निर्णय मानेन भन्ने थाहा नभएको बताए ।

विद्यालयमा प्रधानाध्यापक र अन्य विषयमा विवाद भइरहँदा गत चार वर्षदेखि चार कोठे भवन निर्माण अलपत्र परेको र शिक्षकको आपसी मनमुटाबले पठनपाठन प्रभावित भएको कक्षा १० का लोकेन्द्र भारतीले बताए । उनले विद्यालय भवन नहुँदा धेरै विद्यार्थी एउटै कोठामा भेडाबाख्राजस्तो गरेर बस्नु परेको बताए । कक्षा १० मा एक सय १३ जना विद्यार्थी एउटै कोठामा बस्न बाध्य भएको उनले बताए । उनले शिक्षक सिंहले आफूलाई प्रअ स्वीकार गर्न कक्षा कोठामै गएर दबाब दिने गरेको बताए ।

आफ्नो विरोधमा उत्रिएका ६ जना विद्यार्थीलाई शिक्षक सिंहले कुटपिटसमेत गरेको भारतीले बताए । भवन निर्माणको जिम्मा शिक्षक सिंहले चार वर्षअघि लिएका थिए । शिक्षकको विवाद र भवन अभावले आफूहरूको पढाइमा ठूलो बाधा पुगे पनि सरोकारवाला मौन रहेको कक्षा ८ का ललित सिंहले गुनासो गरे । भारती र सिंहले आफूलाई शिक्षक सिंहले प्रअ स्वीकार गर्न दबाब दिँदै मानसिक तथा शारीरिक यातना दिएको भन्दै जिल्ला बालकल्याण समितिमा उजुरीसमेत दिएको बताए । आफूहरू न्यायका लागि जिल्ला सदरमुकाम आएको उनीहरूको भनाइ छ ।

जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले विद्यालयको प्रधानाध्यापक नियमावलीअनुसार नबनाएसम्मका लागि निमित्त प्रअ विनोदकुमार शाही नै भएको बताए । उनले विद्यालय व्यवस्थापन समितिको गलत निर्णय र केही अभिभावक तथा शिक्षकको बदमासीका कारण विद्यालयमा समस्या बढ्दै गएको बताए । आफूले राम्रो काम पनि नगर्ने र कार्यालयले दिएको निर्देसन पनि नमान्ने शिक्षकका कारण विद्यार्थीको पढाइमा बाधा पुगेको जिशिअ सिंहले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.