एसिया कप छनोट फुटबल: नेपाल र ताजकिस्तान आज भिड्दै

एसिया कप छनोट फुटबल: नेपाल र ताजकिस्तान आज भिड्दै

काठमाडौं: सन् २०१९ मा हुने एसियाली फुटबल महासंघ (एएफसी) एसिया कप छनोट प्रतियोगितामा नेपालले मंगलबार ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेस मैदानमा हुने खेलमा नेपालले स्पष्ट जितका लागि खेल्ने नेपाली टोलीका प्रशिक्षक ग्योतुकी कोजीले बताए।

 

‘टोलीमा स्ट्राइकर जर्ज प्रिन्स कार्की पहिलोपटक परेका छन् । उनको खेल राम्रो भएकाले नै टोलीमा समावेश गरिएको हो। २३ जना सबै खेलाडी १९÷२० स्तरका भएकाले ताजकिस्तानविरुद्ध जोकोहीलाई उतार्न सकिनेछ', कोजीले भने।

‘ताजिकिस्तान राम्रो टोली हो तर हामीले घरेलु मैदानको सदुपयोग गर्नेछौं। ताजकिस्तानविरुद्धको खेलका लागि नेपालले भर्खर जापानमा दुई साता लामो तयारी गरेर फर्किएको छ। टोलीमा अहिले कुनै कमजोरी छैन । एन्फाको मैदान खेलाडीले अभ्यास गरिरहेको मैदान हो। यसको सदुपयोग गर्न हामी तयार छौं', सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक कोजीले थपे।

नेपाली टोलीका कप्तान विराज महर्जनले ताजकिस्तानविरुद्घको खेल नेपालका लागि महत्वपूर्ण भएको बताए। ‘यमनसँगको अघिल्लो खेलमा बराबरीमा रोकिँदा हामीलाई धेरै घाटा भएको छ। यसपटक टोलीका सबै खेलाडीले शतप्रतिशत मेहनत गर्दै तीन अंक लिनेछौं', महर्जनले भने।

यसैगरी ताजकिस्तानमा प्रशिक्षक फुजायलोभ खाकिमले नेपालविरुद्धको खेलमा अंक नगुमाउने बताए। ‘म नेपाली टोलीसँग परिचित छु। शारीरिक रूपमा हाम्रा खेलाडी अग्ला छन् तर नेपालको खेल राम्रो छ। घरेलु मैदान नेपालका लागि अर्को फाइदा हो। हामीले राम्रो तयारी गरेर नेपाल आएका छौं। टोलीमा केही परिवर्तन पनि गरिएको छ। हामीले एस्ट्रो टर्फमा पनि तयारी गरेकाले एन्फा मैदान नौलो हुनेछैन', खाकिमले भने।

फिफा वरीयतामा ताजकिस्तान एक सय ५१औं स्थानमा छ। नेपाल एक सय ६९औं स्थानमा छ। एसिया कप छनोटको समूह ‘एफ'मा नेपालसहित फिलिपिन्स, यमन र ताजकिस्तान रहेका छन्। नेपालले समूहगत चरणको पहिलो खेल फिलिपिन्ससँग उसैको मैदानमा गत चैत २५ गते खेलेको थियो। उक्त खेलमा नेपाल फिलिपिन्ससँग ४-१ गोलले पराजित भएको थियो। गत जेठमा घरेलु मैदानमा खेलिएको खेलमा नेपाली टोली यनमसँग गोलरहित बराबरीमा रोकिएको थियो।

नेपालले फिलिपिन्ससँग अर्को खेल आगामी नोभेम्बर १४ मा घरेलु मैदानमा खेल्नेछ। समूहको शीर्ष स्थानमा रहेको फिलिपिन्सको ६ अंक छ। दोस्रो स्थानमा रहेको यमनको चार अंक छ। तेस्रो स्थानमा आसीन नेपालको एक अंक छ । ताजकिस्तानले भने खाता खोल्न सकेको छैन। समूहमा समावेश प्रत्येक टोलीसँग ‘होम एन्ड अवे' प्रणालीमा खेलिने छनोट प्रतियोगिताका शीर्ष दुई टोली सीधै एसिया कपका लागि छनोट हुनेछन्। नेपाल र ताजकिस्तानको खेल एपीवान एचडी टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.