गोदरेजको ‘आकर्षक नगद छुट’ योजना
काठमाडौं : गोदरेज ब्रान्डले दसैंतिहारलाई लक्ष्य गरी ‘आकर्षण नगद छुट योजना’ सार्वजनिक गरेको छ । नेपालमा सर्वाधिक रुचाइएको घरायसी सामग्रीको ब्रान्ड गोदरेजले नगद छुट अफर सार्वजनिक गरेको जनाएको छ । आकर्षक नगद छुट अफर गोदरेजका सम्पूर्ण घरायसी सामग्री रेफ्रिजेरेटर, वासिङ मेसिन र माइक्रोवेभ ओभनका खरिदमा प्राप्त गर्न सकिनेछ ।
यो योजना भदौ १९ गतेदेखि नेपालभरि सीमित अवधिका लागि लागू गरिएको कम्पनीले जनाएको छ । विश्वस्तरीय डिजाइन र सुविधा सम्पन्न उत्पादनका लागि प्रख्यात गोदरेजले लामो समयदेखि नेपाली ग्राहकको आवश्यकता अनुसारका वस्तु उत्पादन गरेर विश्वसनियता कमाइरहेको छ । नेपालका लागि गोदरेज ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत ईएलओ प्रालि छ ।