नर्थह्याम्टनका प्रतिनिधि नामीमा

नर्थह्याम्टनका प्रतिनिधि नामीमा

काठमाडौं : बेलायतको प्रख्यात नर्थ ह्याम्पटन विश्वविद्यालयका प्रतिनिधिले नामी कलेजको अवलोकन भ्रमण गरेका छन् । प्रतिनिधिको रूपमा विश्वविद्यालयको एकेडेमिक पार्टनरसिप अफिस (एपीओ) का डिन प्राध्यापक ह्यास्टिङ म्याक्यान्जी र इन्टरनेसनल अफिसर योभानोफ हिदर छन् ।

कलेजका पछिल्ला गतिविधिबारे जानकारी, नयाँ विद्यार्थी भर्नाका लागि आवश्यक तयारी र कलेजको संस्थागत विकास र प्राज्ञिक योजनाबारे जानकारी लिने उद्देश्यले विश्वविद्यालयका प्रतिनिधि भ्रमणमा आएको कलेजले जनाएको छ । अवलोकन भ्रमणका क्रममा नामी कलेजले विश्वविद्यालयसँगको सम्बन्धनमा हाल सञ्चालन गरिरहेका शैक्षिक कार्यक्रमको स्तरोन्नति, नयाँ कार्यक्रम थप गर्ने सम्भावना, अध्ययन तथा अनुसन्धानको क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावना र सञ्चालनमा रहेका शैक्षिक कार्यक्रमको सफलतालगायत विषयमा छलफल भएको थियो । प्राध्यापक म्याकान्जीले अवलोकनका क्रममा नामी कलेजले पछिल्ला दिनमा गरेको प्रगतिप्रति खुसी व्यक्त गरेका थिए ।

विश्वविद्यालयको विश्वभरका २९ ठूला पार्टनरमा नामी बलियो साझेदार संस्था बन्न सक्ने उनले बताए । नामीका विद्यार्थी विश्वविद्यालयका अन्य विद्यार्थीको तुलनामा अगाडि रहेको अवलोकनका क्रममा उनले व्यक्त गरे । नामी कलेजले विश्वविद्यालयसँगको सम्बन्धनमा एमबीए, बीबीए (अनरेबल), बीएस्सी (अनरेबल) कम्प्युटिङ, बीएस्सी (अनरेबल) सफ्टवेयर इन्जिनियरिङ, बीएस्सी (अनरेबल) कम्प्युटर नेटवर्क इन्जिनियरिङ, बीएस्सी (अनरेबल) इन्भाइरोनमेन्ट साइन्स तथा ए लेभललगायत कोर्स सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.