एपेक्स कलेज १६ वर्षमा
काठमाडौं : एपेक्स कलेजले स्थापनाको १६ वर्ष प्रवेश गरेको अवसरमा ‘एपेक्स डे २०१७’ मनाएको छ । कार्यक्रम गत शुक्रबार नेपाल आर्मी अफिसर क्लबमा भएको थियो । कार्यक्रममा नेपाल आर्मीका प्रमुख राजेन्द्र क्षेत्री प्रमुख अतिथिका रूपमा उपस्थित थिए । साथै निर्णायक मण्डलका रूपमा नायक विपिन कार्की, वर्षा सिवाकोटी, निर्देशक सुनिल रावल र आरके धिताल उपस्थित थिए । कार्यक्रमको उद्घाटन कलेजका प्रिन्सिपल एलपी भानु शर्माले गरेका थिए ।
कलेजका विद्यार्थीले आयोजना गरेको कार्यक्रममा मिस्टर र मिसेज एपेक्स २०१७ छनोट भएका थिए । आभाष रिजाल मिस्टर एपेक्स र अप्सरा थापा मिसेज चुनिएका थिए । उक्त अवसरमा ‘ब्रोडवे’ कार्यक्रम र रोहित जोन क्षेत्रीको म्युजिक आर्टिस्ट एवं विभिन्न ब्यान्डको सांगीतिक प्रस्तुति थियो । यसअन्तर्गत विभिन्न विधामा सर्वोकृष्ट विद्यार्थी छनोट भएका थिए । सन्तोष कुरुमवाङ (उत्कृष्ट प्रतिभा), सुजता आचार्य (आकर्षक मुस्कान), बर्र्खा श्रेष्ठ (सबैभन्दा लोकप्रिय), सुक्रिती श्रेष्ट (उत्कृष्ट फाटोजेनिक), रमेश थपलिया र सुयशाआर, एल साहले (उत्कृष्ट पहिरन) को उपाधि हासिल गरेका थिए ।