बाढीपीडितलाई स्वदेशीको सहयोग
काठमाडौं : स्वदेशी लघुवित्तले बाढी प्रभावित जिल्ला झापा, मोरङ र सुनसरीमा राहत वितरण गरेको छ । संस्थामा आबद्ध कर्मचारीले बाढी प्रभावित परिवारको घरदैलोमा पुगी विशाल ग्रुप फाउन्डेसन, स्वदेशी लघुवित्त, यस संस्थामा कार्यरत कर्मचारी परिवार, याक एन्ड यती फ्रेन्डस ग्रुपसमेतको सहकार्यमा राहत वितरण गरेको हो ।
सुनसरीको इटहरी, दुहवी, अमाहिवेलाहा, मोरङको झोराहाट, वयरवन, इटहरा र झापाको धाइजनमा बाढी प्रभावित परिवारमध्ये दुई सय ४० घरपरिवारलाई आवश्यक सामग्री जस्तै दाल, चामल, चिउरा, नमकिन, बाल्टिन, झुल, कपडालगायत करिब पाँच लाखभन्दा माथिको सहयोग गरेको स्वदेशी लघुवित्त संस्थाका कार्यकारी प्रमुख पुन्यप्रसाद खनियाले जानकारी दिए ।