राउन्ड टेबल नेपालको साधारणसभा

राउन्ड टेबल नेपालको साधारणसभा

काठमाडौं : राउन्ड टेबल नेपालले आफ्नो १८औं राष्ट्रिय वार्षिक साधारणसभा पोखरामा सम्पन्न गरेको छ । राउन्ड टेबल नेपाल शून्य खर्च संस्था हो । यसबाट उठेको सम्पूर्ण रकम विद्यालय निर्माण र बालबालिकाको पठनपाठन खर्च गरिनेछ । साधारणसभाले जयन्त अग्रवाललाई आरटीएन अध्यक्षमा चयन गरेको छ ।

नयाँ वोर्ड गठनअन्तर्गत रवि खेतान उपाध्यक्ष, सौरभ केडिया सचिव, अश्वनी बंसल कोषाध्यक्ष र अमित मोरे सम्पादकमा नियुक्त भएका छन् । निखिल जयसानी यस संस्थाका निर्वतमान अध्यक्ष हुन् । साधारणसभामा भारत, बंगलादेश, श्रीलंका तथा जर्मनीका अन्तर्राष्ट्रिय राउन्ड टेबलअन्तर्गतका सदस्य सहभागी थिए । राउन्ड टेबल नेपाल एक सामाजिक संस्था हो । यो विपन्न बालबालिकालाई शैक्षिक पूर्वाधार निर्माणमा सक्रिय छ । संस्थाले रक्तदान, बाढिपहिरो पीडितको उत्थानका लागि विभिन्न कार्यक्रम गरिरहेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.