दुर्घटनामा सात घाइते 

दुर्घटनामा सात घाइते 

विराटनगर: मोरङका अलगअलग स्थानमा भएका सवारी दुर्घटनामा परेर सात जना घाइते भएका छन्। बेलबारी नगरपालिका ८ चिसाङखोला नजिकै सोमबार साँझ दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किदा चार जना गम्भीर घाइते भएका छन्। 

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को २५ प ५३५४ र विपरीत दिशाबाट आएको ७ प २५५९ नम्बरको मोटरसाइकल ठोक्किदा दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालका अनुसार दुर्घटनामा परेर २५५९ नम्बरको मोटरसाइकलका चालक मोरङ कानेपोखरी गाउँपालिका २ का ३० वर्षीय अम्बिका कोईराला, श्रीमती २८ वर्षीय सम्झना कोईराला र दुई वर्षीय छोरा असन कोईराला घाइते भएका छन्।

५३५४ नम्बरको मोटरसाइकलका चालक धनकुटा राजारानी ६ का ४४ वर्षीय रुद्र लिम्बू पनि घाइते भएका छन् । घाइते चारै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

यस्तै मोरङको कटहरी गाउँपालिका ४ स्थित विराटनगर-रंगेली सडक खण्डमा को २१ प ९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

मोटरसाइकल चालक मोरङ जहदा गाउँपालिका ४ का १९ वर्षीय मुन्ना मण्डल, पछाडि सवार १८ वर्षीय अनिल मुखिया घाइते भएका छन् । मोटरसाइकलले ठक्कर दिंदा पदैलयात्री रंगेली नगरपालिका ७ का २० वर्षीय निरज मण्डल समेत घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते सबैको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.