उत्तर कोरियाविरुद्ध अमेरिकी प्रस्तावमा चीन र रुस असहमत
एजेन्सी : उत्तर कोरिया माथि थप प्रतिबन्ध लगाउने सवालमा संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्का सदस्यहरु विभाजित भएका छन् । सोमबार बसेको सुरक्षा परिषद्को बैठकमा उत्तर कोरियाले गरेको पछिल्लो परमाणु परीक्षणको बदलामा थप प्रतिबन्ध लगाउने बारे छलफल भएको थियो ।
अकस्मिक रुपमा सोमबार बसेको सुरक्षा परिषदको बैठकमा अमेरिका वेलायत फ्रान्स, जापान थप प्रतिबन्ध लगाउने पक्षमा उभिएका थिए भने चीन र रुसले कुटनीतिक जवाफ दिँदै प्रतिबन्धको विपक्षमा उभिएका उभिए।
संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत ‘निक्की हालेइ’ले उत्तर कोरियाविरुद्ध सुरक्षा परिषदले कडा कदम चाल्ने बेला आएको बताइन । निक्कीले भनिन् ‘यो समस्या समाधानका लागि सबै कुटनीतिक प्रयासहरु अन्य भएको छ, यसको अर्थ हो सुरक्षा परिषदले सबै सम्भावित शक्तिशाली कमद उठाउनु जरुरी छ ।’
उत्तर कोरियाविरुद्ध सबैभन्दा ठूलो प्रतिबन्ध लगाउनु नै कुटनीतिक तरिकाबाट समस्या समाधान गर्ने एक मात्र विकल्प भएको निक्कीले बताइन् । उनले बेलायत, फ्रान्स, जापान र दक्षिण कोरियाका प्रतिनिधिलाई पनि आफ्नो प्रस्तावका पक्षमा उभिन आग्रह गरिन । केबल आफ्नो स्वार्थका लागि भन्दा पनि बुद्धिमता पूर्वक यो प्रस्ताव राखेको उनले दाबी गरिन । निक्कीले उत्तर कोरियाले पछिल्लो परमाणु परीक्षण मार्फत युद्धको सुरुवात गरेको बताइन ।
सुरुक्षा परिषद बैठकमा चिनियाँ प्रतिनिधिले चीनले कोरियाली प्रायद्वीपमा युद्ध नचाहेको स्पष्ट पारे । चिनियाँ प्रतिनिधि ‘लिउ जिएयी’ले उत्तर कोरियाको पछिल्लो परमाणु परीक्षणको निन्दा गर्दै वार्ताको मार्गमा फर्कन उत्तर कोरियालाई आग्रह गरे ।
लिउले भने ‘कोरियाली प्रायद्वीप समस्याको दुचक्रमा फस्दै गएको छ, शान्तिपूर्ण माध्यामबाट यसको समाधान गर्नुपर्छ, चीन कोरियाली प्रायद्वीपमा कुनै अराजक गतिविधि वा युद्धका लागि अनुमति दिन सक्दैन’
संयुक्त राष्ट्रसंघ मुख्यालय न्यू योर्कमा सोमबार बसेको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकमा सहभागीहरु । तस्बिर : सिन्हवा/रासस
समस्या समाधानका लागि उत्तर कोरियाले परमाणु कार्यक्रम रोक्नु पर्ने र अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास रोक्नु पर्ने प्रस्ताव चीनको रहेको लिउले बताए । यस प्रस्तावमा रुसलाई समेत सहमत गराइ संयुक्त प्रस्तावको रुपमा अगाडि सारिने उनले स्पष्ट पारे । तत्कालको सुरक्षा समस्यालाई समाधान गर्न संयुक्त प्रस्ताव उपयुक्त रहेको लिउले दावी गरे ।
रुसका प्रतिनिधि ‘भ्यासीली नेबेन्जिया’ले उत्तर कोरियाको मिसाइल तथा परमाणु कार्यक्रम रोक्न सुरक्षा परिषद असफल हुनुलाई विगतमा सुरक्षा परिषदमा उठाइएको गतल प्रस्ताव जिम्मेवार रहेको दावी गरे । भ्यासीलीले भने ‘विगतमा सुरक्षा परिषदमा आएका प्रस्तावहरु कोरियाली प्रायद्वीपको समस्या समाधानका लागि भन्दा पनि उत्तर कोरियामाथि नाकाबन्दी लगाउने ध्येयले मात्रै आए, यसैले सुरक्षा परिषद असफल भयो’ यस्ता खालका प्रस्तावको समर्थन नगर्ने उनले स्पष्ट पारे । रुस अन्तराष्ट्रि समुदायको भावनाको कदर गर्न भएपनि शान्तिपूर्ण र कुटनीतिक माध्यामबाट समस्या समाधानको पक्षमा रहेको भ्यासीलीले बताए ।
एजेन्सीहरुको सहयोगमा