लागूऔषध कारोवारको अभियोगमा पक्राउ
दाङ: दाङ प्रहरीले लागूऔषध कारोवारको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।
विभिन्न प्रकार लागूऔषध सहित दाङको घोराही उप महानगरपालिका वडा नं. १५ पनौराबाट रुकुम बाँफिकोट गाउँपालिका वडा नं. २ घर भई हाल घोराही उप महानगरपालिका वडा नं. १५ बस्ने बर्ष १९ को सुनिल गौतमलाई प्रहरीले पक्राउ गरेको हो।
अवैध लागूऔषधको कारोबार भईरहेको सूचनाको आधारमा गएको प्रहरीले गौतमलाई १७ थान नुफिन, १७ थान पेरागन, १८ थान सिरिन्ज र कारोवार गरी संकलन गरेको नगद चार हजार सहित पक्राउ गरिएको दाङ प्रहरी प्रमुख दुर्गा सिह चन्दले जानकारी दिइन्। गौतमलाई लागूऔषध (नोफिन) शीर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान भईरहेको उनले जानकारी दिइन् ।