राहत रकम हिनामिना गर्ने वडासचिव कारवाहीमा
रौतहट: बाढीपिडीतलाई सरकारले उपलब्ध गराएको राहत रकम गैरपीडितलाई सिफारिस गरेको भन्दै वडा सचिवलाई हर्जना तिराइएको छ।
सरकारले दैनिक उपलव्ध गराउने ७० रुपैयाँ रकम गैर बाढिपीडितलाई सिफारिस गरेपछि रौतहटको राजदेबी नगरपालिका–९ ब्रम्हपुरीका वडासचिव शिव शंकर सिंहलाई रकम फिर्ता गर्न लगाइएको हो। गैर बाढीपीडितहरुलाई राहत रकमको लागि सिफारिस गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले छानविन गरी कारबाही सुुरु गरेको छ।
वडासचिव सिंहले घर नभत्केकाहरुलाई समेत पीडित भन्दै सिफारिस गरेको भन्दै छानविन गरी सचिब सिंहसँग ५० हजार असुल उपर गरिएको छ।
रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धब बहादुर थापाले गैरपीडित लाई राहत रकमको लागि सिफारिस गर्ने सचिवमाथि कारवाही थालिएको र ५० हजार रकम फिर्ता गराइएको जानकारी दिएका छन्।