वडा कार्यालयमा तालाबन्दी
![वडा कार्यालयमा तालाबन्दी](https://annapurnapost.prixacdn.net/media/albums/talabandi_news-59ae8d33673300.51597415_OlKXnvYhec.jpg)
दार्चुला : दार्चुलाको मार्मा गाउँपालिका ६ शेरीका कर्मचारीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । स्थायी कर्मचारीले आफूले पाउनु पर्ने सेवा सुविधा सञ्चय कोषमा जम्मा हुनुपर्ने रकम जम्मा नभएको तथा कर्मचारी कल्याण कोष समेत स्थापना नगरिएको भन्दै कार्यालयमा तालाबन्दी गरेका हुन् ।
विरोधमा उत्रिएका कर्मचारीले हातमा कालो पट्टी बाँधेर वडा कार्यालयमा ताला बन्दी गरेको शेरीका कार्यालय सहायक अमर कोट्टोरीले जानकारी दिए । यस अघि भाद्र १४ गते मार्मा गाउँपालिका ५ का वडा अध्यक्ष र सो गाउँकै गाउँपालिका अध्यक्ष जमन सिंह धामीले कर्मचारीका माग पूरा गरी दिने निवेदन गरे पनि हालसम्म केही सुनवाइ नहुदा कर्मचारी आन्दोलित भएका हुन्।
माग पूरा नहुँदासम्म आन्दोलन जारी रहने चेतावनी कर्मचारीले दिएका छन् । अहिले कर्मचारी हातमा कालो पट्टी बाँधर आन्दोलनमा छन्। कर्मचारीको आन्दोलनले सेवाग्राही मर्कामा परेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)