बेचविखनविरुद्ध कलम चलाउने पुरस्कृत

बेचविखनविरुद्ध कलम चलाउने पुरस्कृत

 काठमाडौं : महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध योगदान पु¥याएको भन्दै दुई सञ्चारकर्मीसहित विभिन्न व्यक्ति एवं संघ संस्थालाई सम्मान तथा पुरस्कृत गरेको छ ।
मानव बेचबिखन तथा ओसारपसारविरुद्धको ११ औं राष्ट्रिय दिवसका अवसरमा मन्त्रालयले मंगलबार राजधानीमा कार्यक्रम आयोजना गरी पुरस्कार तथा सम्मान गरेको हो ।
पुरस्कृत हुनेमा हिमालय टाइम्सकी पत्रकार रमा लुइँटेल, तथा कान्तिपुर एफएमकी पार्वता चौधरी छिन् । परस्कृतलाई सभामुख ओन्सरी घर्ती, महिला बालबलिका तथा समाजकल्याण मन्त्री आशा कोइराला र राज्यमन्त्री मोहम्द जाकिर हुसेनले नगदसहित दोसल्ला र कदर पत्र प्रदान गरे ।
यसैगरी महिला विकास अधिकृत सावित्रा न्यौपाने रौटहट, प्रहरी जवान सपना ऐरी (चौधरी) कञ्चनपुर, एचआइभी संक्रमित नातीसरा राई पुरस्कृत भएका छन् ।
गैरसरकारी संस्थातर्फ ललितपुर ठेचोस्थित शान्ति पुनस्र्थापना गृह पुरस्कृत भएको छ । पुरस्कृत हुनेलाई जनही १० हजार प्रदान गरिएको थियो । यसैगरी सम्मानित हुनेमा मकवानपुरमा कार्यरत महिला विकास निरीक्षक दुर्गा घिमिरे, अभियानमा सक्रिय मकवानपुरका आरती पाठक र अस्मिता नेपाल छन् । साथी संस्था ललितपुरलाई पनि मानवबेचबिखन विरुद्धको अभियानमा सक्रिय रहेको भन्दै सम्मान गरिएको थियो ।
कार्यक्रममा सभामुख ओन्सरी घर्तीले पछिल्लो समयमा मानवबेचबिखन फरक फरक स्वरुपमा जालो जस्तै गरि फैलिएको बताउँदै त्यस विरुद्ध उत्रन चेतना महत्वपूर्ण भएको बताइन् ।
सबैभन्दा ठूलो शक्ति चेतना भएको बताउँदै मानसिकतामा परिवर्तन नभएसम्म भएका कानुन र नीति नियम पनि सेतो कागजमा काला अक्षर बाहेक केही नहुने बताइन् । मानवबेचबिखन तथा ओसारपसार जस्ता विसंगतिको अन्त्यका लागि राजनीतिक स्थीरता आवश्यक रहेको बताइन् ।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालाले मानवबेचबिखन र ओसारपसार बाह्यसँगसँगै देशभित्रै पनि रहेको औल्याइन् ।
आर्थिक, सामाजिक कारणले मानवबेचबिखन र ओसारपसार बढ्दै गएको बताउँदैै उनले सरकारको एक्लो प्रयासले मात्रै यसको अन्त्य नहुने प्रष्ट पारिन् । राज्यमन्त्री मोहम्द जाकिर हुसेनले विकासशील देशहरुमा गरीबी , अशिक्षाका कारण बेचबिखन र ओसारपसारको समस्या बढ्दै गएको बताए ।
मन्त्रालयका सचिव खगराज बरालले बेचबिखनविरुद्ध अभियान र सचेतनाका कार्यक्रम संचालन गदागर्दै पनि यो समस्या न्यून नभएकोमा दुःख व्यक्त गरे ।
उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिवेदन हेर्दा यसको स्वरुप र दायरा समेत बढ्दै गएको स्पष्ट पारे । उनले नेपालको कुटनीतिक नियोग नभएको देश र श्रम स्विकृति नलिएका मुलुकमा समेत बेचबिखनको सिकार भएर नेपाल पुगेकोमा चिन्ता व्यक्त गरे। उनले बेचबिखनमा संलग्नलाई कानुनको दायरामा ल्याउनुपर्ने बताउँदै अभियानलाई सशक्त बनाउनुपर्ने बताए ।
कार्यक्रममा माइती नेपाल र शक्ति समुहले तयार पारेको नाटक देखाइएको थियो ।
त्यसैगरी प्रभावित महिलाको भोगाई समेटिएको पुस्तक कथा र यात्रा पत्रिकाको विमोचन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.