यी हुन् जनकपुर उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवार

यी हुन् जनकपुर उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवार

जनकपुरधाम : मनोनयन पत्र दाखिलाको पूर्वसन्ध्यामा प्रमुख राजनीतिक दलले उम्मेदवारको टुंगो लगाउँदा जनकपुरमा चुनावी चहलपहल न्यून भएको छ। असोज २ गतेका लागि निर्धारित तेस्रो चरणको निर्वाचनको मनोनयन पत्र बुधबार दाखिला गर्ने निर्वाचन आयोगले तय गरेको हो। तर, प्रमुख राजनीतिक दलहरुले उम्मेदवारको टुंगो समयमा नलगाउँदा मनोनयन पत्र दाखिला भएपछि मात्र मतदाताले उम्मेदवार चिन्ने अवस्था सृजना भएको छ।

जनकपुर उपमहानगरपालिकामा नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले मनोनयन दाखिलाको दुई दिन अगाडि उम्मेदवार सार्वजनिक गरेका थिए। माओवादी केन्द्र, र एमालेले मंगलबार साँझ मात्र आधिकारीक रुपमा उम्मेदवारको टुंगो लगाएको छ।

कांग्रेस धनुषाले अत्याधिक प्रतिस्पर्धा पश्चात जनकपुर उपमहानगरपालिकाको मेयर पदका लागि मनोज साह र उपमेयरमा निलम कुमारी कर्णलाई उम्मेदवार बनाएको हो। कांग्रेस धनुषा जिल्लाका नेता दिगम्बर रायले पार्टी भित्र इमान्दार र अनुभवीलाई किनारा लगाएर एकल निर्णयको आधारमा साहलाई टिकट दिइएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन्।

त्यसैगरी राजपा नेपालले प्रजातान्त्रिक आन्दोलनमा सक्रिय तथा जनकपुरका पूर्व उपमेयर लालकिशोर साहलाई मेयरको लागि उम्मेदवार बनाएको छ। उपमेयरमा पार्टीकी महिला नेतृ रिता झालाई टिकट दिइएको छ। राजपा भित्र टिकट वितरणको विषयमा विवाद देखिएको थियो। तर, अन्ततः साहलाई नै मेयरमा उम्मेदवार बनाइएको हो। संघीय समाजवादी फोरम नेपालले जनकपुरको मेयर पदमा विष्णुदेव साह र उपमेयरमा रिताकुमारी यादवलाई उम्मेदवार बनाएको छ।

माओवादी केन्द्रले मंगलबार साँझ मात्रै उम्मेदवारको नाम सार्वजनिक गरेको छ। रामचन्द्र झा समेत पार्टीमा प्रवेश गरेपछि उम्मेदवारहरुको समायोजन गर्न केही समय बढी लागेको माओवादी केन्द्रका जिल्ला इन्चार्ज झल्कु यादवले जानकारी दिए।

माओवादी केन्द्रको तर्फबाट जनकपुरमा मेयरका लागि चन्द्रशेखर साह र उपमेयरका लागि अम्बिका यादवलाई उम्मेदवार बनेका छन्। एमालेले जनकपुर उपमहानगरपालिकाको मेयरमा लक्ष्मीनारायण भगत र उपमेयरमा पुनमकुमारी मिश्रको नाममा सहमति गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.