भिनाजुको हत्‍या आरोपमा सालो र साढुभाइ पक्राउ

भिनाजुको हत्‍या आरोपमा सालो र साढुभाइ पक्राउ

विराटनगर: घुँडाले भुइँ छोएको अवस्थामा दाईको मृत्यु भएको देखेपछि मोरङ सुन्दरहरैँचा-४ का पुण्य पौडेलले भाइको हत्या भएको दाबी गरेका छन्।उनका ५३ वर्षीय दाई शिरोमणी मंगलबार बिहान झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।

छिमेकीले घरका सदस्यबीच झगडा भइरहने बताए पनि उनी सोमवार साँझ एक्लै थिए। घाँटीमा पासो लागेको तर घुँडा मारेको अवस्थामा भेटिएका कारण आत्महत्या नभई हत्या भएको आफन्तले दाबी गरेका हुन्।

मृतक पौडेलका साढुभाई र सालाले केही समयअघि हात बाँधेर कुटपिट पनि गरेकाले यो हत्या भएको आफन्तको दावी छ। स्थानीयले भने हत्या भएको बताउँदै सालो र साढुभाई दोषी रहेको बताएका छन्।

शंकास्पद अवस्थामा झुण्डिएको भेटिएको भन्दै शव लान अवरोध गरेका थिए।उनीहरुले दोषी देखिएका भनिएका व्यक्तिहरुलाई पक्राउ नगरेसम्म शव लान नदिने बताएका थिए।

स्थानीयको दबाबपछि शंस्कास्पद देखिएका दुई व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ। घटना हत्या वा आत्महत्या यकिन भन्‍न नसकिने इलाका प्रहरी कार्यलयका बेलवारीका प्रहरी निरीक्षक रामजी कटुवालले बताए।
उनले यस विषयमा थप अनुसन्धान जारी भएका कारण शंकास्पद दुई व्यक्तिलाइ नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिए।

प्रहरीले घटनाको विषयमा गम्भिर अनुसन्धान गर्ने बताएपछि स्थानीयले शव पोसमार्टमका लागि लान दिएका थिए।शवलाइ पोसमार्टमका लागि मोरङको मंगलवारे स्थित इलाका जनस्वास्थ्य कार्यलयमा पठाइएको कटुवालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.