‘जर्मनीको डिजिटल प्रविधिको विकासबाट बाँकी बिश्वको निद्रा हरायो’

‘जर्मनीको डिजिटल प्रविधिको विकासबाट बाँकी बिश्वको निद्रा हरायो’

बर्लिन (जर्मनी) जर्मन चान्सलर एन्गेला मर्केलले आफ्नो सरकारले जर्मनीको आर्थिक सुधारका लागि महत्वपूर्ण उपलब्धि हाँसिल गरेको संसद्लाई मङ्गलबार सम्बोधन गर्ने क्रममा बताएकी छिन् ।

मर्केलले आँफू नेतृत्वमा आएपछि प्रविधिमा तीब्र परिवर्तन गर्ने बिषयमा सफलतासमेत हाँसिल गरेको पनि बताइन । मर्केलले यसै महिनाको अन्त्यतिर हुने निर्वाचनमा चौँथो कार्यकालका लागि निर्वाचन लड्ने तयारी गरेकी छिन् ।

 

मर्केलको अनुदारवादी क्रिश्चियन डेमोक्रेटिक पार्टीले यही सेप्टेम्वर २४ निर्वाचनको पूर्व तयारी भइरहेको समयमा भएका मत सर्वेक्षणले बहुमत ल्याउने देखाएको छ ।

संसदमा गरेको सम्बोधनमा मर्केलले जर्मनीमा आफ्नो नेतृत्वले अर्थतन्त्रलाई बलियो बनाएको, बेरोजगार दर घटाएको र ज्यालाका लागि न्युनतम मापदण्डको निर्धारण गरेको लगायतका केही महत्वपूर्ण उपलव्धि हाँसिल गरेको बताइन ।

तर मर्केलले जर्मनी विशेष गरी डिजिटल विकास र प्रविधिको उन्नतिको स्तरमा दोबाटोमा रहेको जनाउँदै यसका लागि थप काम गर्न बाँकी रहेको बताइन ।

मर्केलले बर्लिनका ऐतिहासिक कलात्मक तथा प्रविधिजन्य सामग्रीलाई संग्राहलय बनाएर राखिएको बताउँदै आँफूले जर्मनीलाई प्रविधिको संग्राहलय बनाएर मात्र राख्न नचाएको जानकारी गराइन । जर्मनीको डिजिटल प्रविधिमा प्रवेशसँगै बाँकी विश्वको निद्रा हराम भएको पनि उनले बताइन ।


आँफूलाई भविष्यका चुनौतिसँग सामना गर्ने क्षमता राख्ने हैसियत भएको दावी गर्दै यदि जर्मन जनताले उनलाई पुनः चान्सलर बनाएमा अनुसन्धानमुलक गतिविधिमा थप लगानी गर्ने बताइन । रासस/ एपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.