माओवादीसँग मेयरको टिकट लिएर राजपा नेताले पार्टी छोडे...

माओवादीसँग मेयरको टिकट लिएर राजपा नेताले पार्टी छोडे...

बर्दिबास : राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल महोत्तरीका अध्यक्ष मण्डलका सदस्य नरेन्द्र यादव उम्मेदवारी दर्ताको पूर्व सन्ध्यामा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। झन्डै २५ बर्ष राजनीतिकमा सक्रिय रहेका यादव कांग्रेस, संघीय समाजवादी फोरम र राजपाका पाँच कार्यकर्तालाई लिएर माओवादीमा प्रवेश गरेका हुन्।

 माओवादी केन्द्रले राजपाका नेता नरेन्द्र यादवलाई औरही नगरपालिकाको मेयर पदको टिकट दिएरै पार्टीमा स्वागत गरेको हो। असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ताको अघिल्लो दिन राजापले औरही नगरपालिकाको मेयरमा शंकर यादवलाई टिकट दिने टुंगो लगाएपछि रुष्ट बनेका नरेन्द्र माओवादीमा प्रवेश गरेका हुन्।। बषौँदेखी मधेशवादी दलमा रही मधेशको माग सम्बोधनका लागि आन्दोलनरत नेता यादवलाई राजपाले मेयरको टिकट नदिएपछि पार्टी छोड्न बाध्य भएको नेता यादवको भनाइ छ।

मंगलवार दिउँसो आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता रामबहादुर थापा ‘बादल’ले नेता यादवलाई फुलमाला अविर लगाएर पार्टी प्रवेश गराएको माओवादीका जिल्ला अध्यक्ष तुलसी ढुङ्गानाले जानकारी दिए। राजापा छाडेर माओवादीमा प्रवेश गरेका नेता यादवलाई माओवादीको तर्फबाट औरही नगरपालिको मेयरमा टिकट पाएका रामबाबु चौधरीले मञ्चमै आफूले पाएको टिकट दिने उद्घोष गरेको वाइसियल नेपाल प्रदेश नम्बर २ का संयोजक शंकर महतोले बताए।

२०७० सालको संसदीय चुनावमा तराई मधेश सद्भवना पार्टीबाट महोत्तरी क्षेत्र नम्बर ६ बाट नेता यादव चुनाव लडेका थिए। २०५४ सालको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट चुनाव जितेका थिए। कार्यक्रममा महोत्तरीका पूर्वसांसद भरतप्रसाद साह, माओवादी नेता राजु खडका, तुलसी ढुंगाना, दीपबहादुर योन्जन लगायत नेता कार्यकर्ताको सहभागीता थियो।

महानगरको टिकट नपाएपछि राजपाका महासचिवले पार्टी छोडे


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.