साझा प्रकाशनका अध्यक्ष शर्मालाई तीन दिनभित्र जवाफ पेश गर्न निर्देशन

 साझा प्रकाशनका अध्यक्ष शर्मालाई तीन दिनभित्र जवाफ पेश गर्न निर्देशन

काठमाडौँ: शिक्षा मन्त्रालयले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई साझा प्रकाशन र उनको सम्बन्धमा उठेका विषयमा तीन दिनभित्र जवाफ पेश गर्न निर्देशन दिएको छ ।

 

उपप्रधान तथा शिक्षामन्त्रीको भदौ १९ गतेको निर्णयअनुसार अध्यक्ष शर्मालाई सत्यतथ्य खुलाई तीन दिनभित्र जवाफ पेश गर्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले गत साउन १२ गते छानबिन समिति गठन गरिएको र उक्त समितिले मन्त्रालयमा पेश गरेको प्रतिवेदनअनुरुप अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आवश्यक कारबाहीका लागि अनुरोध गरी पठाएको विज्ञप्तिमा उल्लेख छ।

साझा प्रकाशनको व्यवस्थापन सुधार गरी समयसापेक्षरुपमा सञ्चालन गर्न शिक्षा मन्त्रालयको भदौ १९ गतेको निर्णयअनुसार सो संस्थाको विनियम तर्जुमाका लागि शिक्षा मन्त्रालयका प्रशासन महाशाखाका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय विनियम मस्यौदा तर्जुमा समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ।

साझाका अध्यक्ष तथा महाप्रबन्धक एवं सदस्यको हालसम्म कुनै राजीनामा शिक्षा मन्त्रालयमा प्राप्त नभएको, उपप्रधानमन्त्री एवं शिक्षा मन्त्रीसँग यस विषयमा कुनै परामर्श नभएको र कुनै किसिमको निर्देशन नदिएको मन्त्रालयले स्पष्ट पारेको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.