टिकट विवादः : राजपा महामन्त्रीले दिए राजीनामा
मलंगवा : पार्टीका शीर्ष नेताले मनोमानी शैलीमा आफ्नो मानिसलाई मात्र टिकट दिएपछि रुष्ट बनेका राजपाका महामन्त्री जंगीलाल रायले पदबाट राजीनामा दिएका छन्। सर्लाहीको मलंगवामा मंगलवार साँझ पत्रकार सम्मेलन गरेर आफूले पार्टीको महामन्त्री पदबाट राजीनामा दिएको रायले बताएका छन्। आफ्नो पक्षीय नेतालाई पाखा लगाएर आफूलाई कमजोर पार्ने मनसायमा शीर्ष नेताहरु रहेको आरोप उनको छ।
‘राजेन्द्र महतो र महेन्द्र यादवले जिल्लामा मनोमानी तरिकाबाट टिकट वितरण गरेका छन्’, रायले भने, ‘आफ्नो गाउँलाई समेत टुक्रा टुक्रामा पारेर कमजोर पार्ने काम गरेको छ।’
हैसियत नभएको नेतालाई उम्मेदवार बनाएर राजपाले मनोमानी गरेको दाबी उनले गरेका छन्। मधेसका मुद्दालाई लत्याएर पार्टीमा हैकमवादी प्रवृत्ति हावी भएको छ। आफ्नो क्षेत्र निर्धारणमा समेत राजपाले बेइमानी गरेको छ।
पदबाट राजीनामा दिए पनि पार्टीको सधारण सदस्यबाट राजीनामा नदिएको रायले बताए। आफ्नो मागलाई सम्बोधन गरिएन भने चाँडै पार्टीबाट समेत राजीनामा दिने बताएका थिए। पार्टीबाट राजीनामा दिनुभन्दा अगाडि सांसद पद त्याग गर्ने रायले बताए।
रायले आफ्नो माग र विचारलाई सम्बोधन भए पार्टीमा जाने यादवले बताए। आफ्नो समर्थसंग छलफल गरेर मात्र आफ्नो पहिलो प्राथमिकतामा नेपाली कांग्रेस रहेको यादवले बताए। ‘कांग्रेसले सम्बोधन गरेन भने एमाले माओवादीमा पनि जान सक्छ’, रायले भने, ‘आफ्नो पुरानो घरमा जाने सम्भावना बढी छ।’
आफू समर्थकले चुनाव लड्न चाहे स्वतन्त्र उम्मेदवार खडा गरेर सहयोग गर्ने उनको भनाइ छ। रायले पदबाट राजीनामा दिएपछि राजपा समर्थक निराश बनेका छन्। राय सर्लाही क्षेत्र नम्बर ५ बाट निर्वाचन सांसद हुन्।