मंगलबार साँझ महोत्तरीमा बम विस्फोट
![मंगलबार साँझ महोत्तरीमा बम विस्फोट](https://annapurnapost.prixacdn.net/media/albums/bom_blast-59aec20919ca37.07256501_xkrUGyBtow.jpg)
महोत्तरी : मंगलबार साँझ महोत्तरीको बर्दिवासमा बम विस्फोट भएको छ।प्रहरीका अनुसार बर्दिवास नगरपालिकाको कार्यलयमा अगाडि अज्ञात समूहले टिफिन बट्टामा राखेर बम विस्फोट गराएको हो।
इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी प्रविन पोखरेलका अनुसार साँझ साढे सात बजे बम पड्किए पनि भौतिक र मानवीय क्षति भने भएको छैन।
प्रहरीले चुनाव विरोधी गतिविधिमा संलग्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका कार्यकर्ताले बम विस्फोट गराएको अनुमान प्रहरीले गरेको छ। बम विस्फोट गराउनेको खोजी भइरहेको डीएसपी पोखरेलले अन्नपूर्णलाई जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)