स्याहार केन्द्रमा रमाउँदै बाढीपीडित बालबालिका

स्याहार केन्द्रमा रमाउँदै बाढीपीडित बालबालिका

बर्दिया : बबई नदीको बाढीबाट प्रभावित क्षेत्रका बालबालिका शिशु स्याहार केन्द्रमा रमाउन थालेका छन् । महिला तथा बालबालिका कार्यालयसँगको समन्वयमा एसओएसले निःशुल्क दिवा शिशु स्याहार केन्द्र सञ्चालन गरेसँगै बालबालिकाले रमाइलो गर्ने थलो पाएका हुन् । बाढीपछि सडकछेउका जोखिमयुक्त शिविरमा बस्दै आएका बालबालिकालाई एसओएसले स्याहार केन्द्र सञ्चालन गरेको हो । 

 

गुलरिया नगरपालिकाको इन्द्रपुर र मुक्तिनारायण टोलका शिविरमा बस्दै आएका बालबालिकालाई स्याहार केन्द्रमा राखेको एसओएस बर्दियाका संयोजक शिव चौधरीले जानकारी दिए । 'घर पूर्ण क्षति भएका इन्द्रपुरका ७० र मुक्तिनारायण टोलका २४ परिवारका ८४ बालबालिकामध्ये ४० जनालाई स्याहार केन्द्रमा राखेका हौं ।'

उनले ६० जना क्षमताको केन्द्रमा दुईदेखि पाँच वर्षमुनिका बालबालिकालाई राखेको जानकारी दिए । त्यस क्षेत्रका बालबालिका जोखिममा परेका कारण स्याहार केन्द्र सञ्चालन गर्नुपरेको उनको भनाइ छ । केन्द्रले एक महिनासम्म रेखदेख गर्नेछ ।

बालबालिकाको रेखदेखसँगै उनीहरूको क्षमता विकासका लागि विभिन्न क्रियाकलाप गराइरहेको केन्द्रकी इन्चार्ज शान्ता थापाले बताइन् । 'हामीले बिहान ७ बजे बालबालिकालाई केन्द्रमा स्वागत गर्छौं', उनले भनिन्, 'बेलुकी ५ बजेसम्ममा बिदाइ हुन्छ । केन्द्रमार्फत बिहान खाजा खुवाएपछि शैक्षिक कार्यक्रम, खेलकुद, सरसफाइलगायत विभिन्न क्रियाकलाप गराउँछौं ।'

उनले बालबालिकालाई मापदण्डअनुसारको पौष्टिक आहारसँगै सादा खाना खुवाउने गरेको सुनाइन् । यसका साथै क्षमता विकासका क्रियाकलाप सिकाउने गरेको उनले प्रस्ट्याइन् ।बाढीबाट गुलरिया, बाह्रबर्दिया, मधुवन, राजापुर, ठाकुरबाबा, बाँसगढी नगरपालिका र गेरुवा तथा बढैयाताल गाउँपालिका प्रभावित भएका छन् । बर्दियामा ६ हजार एक सय १८ घर पूर्ण, १४ हजार सात सय ९७ घर आंशिक क्षति भएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.