दक्षिणपन्थीको कट्टर विरोधी भारतीय पत्रकार गौरी लंकेशको हत्या
एजेन्सी : भारतकी बरिष्ठ पत्रकार गौरी लंकेशको हत्या भएको छ । भारतीय सञ्चार माध्याममा आएका खबर अनुसार मंगलबार बेलुका कर्नाटकको राजधानी वैंलोरमा अज्ञात व्यक्तिद्वारा गोली हानी उनको हत्या गरिएको हो ।
दक्षिणपन्थीको घोर आलोचक रहेकी ५५ वर्षीया लंकेशले कन्नड़ भाषाको 'लंकेश' नामको साप्ताहिक पत्रिका सञ्चालन गर्दै आएकी थिइन् । जुन पत्रिका उनका बाबुले ४० वर्ष अघि सुरु गरेका थिए।
कर्नाटक प्रहरीले बताए अनुसार मंगलबार बेलुका बाहिरबाट घर फर्किएकी गौरीलाई आफ्नै घर अगाडी आक्रमण गरिएको थियो । गोली हान्ने व्यक्तिको पहिचान नभएको र अन्सन्धान जारी रहेको प्रहरी जनाएको छ । दक्षिणपन्थीको घोर विरोधमा उत्रने गौरी सधैं विरोधीहरुको निशानामा रहेको बताइएको छ । कर्नाटकमा निकै चर्चिच रहेको गौरीको विरोध प्रदर्शन भएको भारतीय सञ्चार माध्यामहरुले खबर दिएका छन् ।