टिकट पाउनेमा युवा पछाडि

टिकट पाउनेमा युवा पछाडि

जनकपुरधाम : मधेसको अधिकार प्राप्तिका लागि भएका विभिन्न आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरी मधेसी दलमै राजनीतिक रूपमा सक्रिय भएका युवालाई स्थानीय तहको निर्वाचनमा टिकट पाउन निकै गाह्रो भएको छ ।युवालाई आन्दोलनका बेला लाठी बोकाउने र बन्द हड्ताल गराउन प्रयोग गर्ने राजनीतिक दलले अहिले नेतृत्व लिने बेलामा अवसरबाट वञ्चित गर्न खोजेको मधेसी दलमा संलग्न युवाले बताएका छन् । टिकट वितरणको समयमा आर्थिक प्रलोभन, बाहुबल र नेताहरूको अगुवापछुवालाई विशेष प्राथमिकतामा पार्ने काम भइरहेको युवाको आरोप छ ।

दुई चरणका निर्वाचन बहिष्कार गरी तेस्रो चरणमा सहभागी भएको राष्ट्रिय जनता पार्टीभित्र टिकट वितरणमा निकै बार्गेनिङ भइरहेको अवस्थामा मधेस आन्दोलनमा आफ्नो ज्यानको समेत परवाह नगरी होमिएका युवाभन्दा कहिले पार्टीमै नदेखिएकाहरूलाई टिकट दिने बेलामा प्राथमिकतामा पार्न थालिएको छ।

 

२०६३ सालदेखि नै सक्रिय रूपमा मधेस आन्दोलन तथा मधेसको राजनीतिमा लागेका राजपाको विद्यार्थी संगठनका राष्ट्रिय सहअध्यक्ष शम्भुनाथ झा जनकपुर उपमहानगरपालिका ८ बाट वडा अध्यक्षका रूपमा आफ्नो उम्मेदवारीका लागि राजपामा आवेदनपत्र भरेका छन् । तर सोही पदका लागि उनीभन्दा पनि हाल पार्टीमा समेत नभएका र कांग्रेसमा सक्रिय रमेश ठाकुरले समेत राजपामा आवेदन दिएका छन् ।

युवाहरू स्थापित भए भने पाका नेताहरूको झोला कसले बोक्ने भन्ने संकिर्ण मानसिकताका कारण जुझारु र योग्य युवालाई उम्मेदवार बनाउन नखोजिएको हो । 

कांग्रेसबाट टिकट नपाएपछि ठाकुरले राजपाकै नेताको समर्थनमा आवेदन दिएका हुन् । आफ्नो ऊर्जावान समय पार्टीका लागि खर्च गरेर अहिले नेतृत्वमा आउने बेलामा राजपाका केही नेताहरूले आर्थिक प्रलोभनमा परेर पार्टीभित्र कुनै योगदान नै नदिएकाहरूलाई समर्थन गर्न थाल्नु ठूलो विडम्बना रहेको झा बताउँछन् । टिकटका लागि पार्टी प्रवेश गर्नेहरूलाई ठूला नेताले समेत सहयोग गर्नु आन्दोलनको अवहेलना भएको झाको भनाइ छ ।युवाहरू स्थापित भए भने पाका नेताहरूको झोला कसले बोक्ने भन्ने संकिर्ण मानसिकताका कारण जुझारु र योग्य युवालाई उम्मेदवार बनाउन नखोजिएको झा बताउँछन् ।

टिकट पाउनका लागि राजपाभित्र युवालाई निकै संघर्ष गर्नुपरिरहेको राजपाका युवा नेता उमेश मण्डल बताउँछन् । जनकपुर उपमहानगरपालिका ४ बाट वडा अध्यक्षका रूपमा आवेदनपत्र भरेका मण्डललाई पनि पार्टीले टिकट देला भन्ने आशा थोरै छ । उनी भन्छन्, ‘गोली र लठ्ठी खाने बेलामा हामी अगाडि थियौं तर अहिले टिकट पाउने बेलामा कहिले पार्टीको मुखसमेत नदेखेका व्यक्तिको नाम अघि आइराखेको छ । यस्तै अवस्था रह्यो भने राजनीतिप्रति युवाको वितृष्णा बढ्ने मण्डलको भनाइ छ ।

जनकपुर उपमहानगरपालिका ५ बाट अध्यक्ष पदका लागि राजपामा आवेदन दिएका आन्दोलनका सक्रिय युवा नेता जानी खान भन्छन्, ‘पार्टीले युवाको सम्मान गर्नु अति आवश्यक छ । अहिले टिकटको टुंगो नलागेको अवस्थामा शीर्ष नेताहरूले पनि योग्य र आन्दोलनमा सक्रिय युवाको योगदान मूल्यांकन गरी प्राथमिकतामा राख्न उनले नेताहरूलाई आग्रहसमेत गरे ।

राजपाका धनुषा जिल्ला संयोजक सञ्जयसिंहले युवालाई पार्टीले प्राथमिकता दिने विषयमा ढुक्क रहन आग्रह गरे । सिंहले भने, ‘एक त बाध्यात्मक परिस्थितिमा राजपाले चुनावमा जाने निर्णय गरेको छ । यस्तो अवस्थामा पार्टीले स्थानीय स्तरमा पर्यवेक्षक नै खटाएर गाउँबाट उम्मेदवारको नाम छनोट गर्ने जिम्मेवारी दिएको छ ।’ एउटै पदमा बढी व्यक्तिले उम्मेदवारी दिए त्यसमा पर्यवेक्षकले सहमति जुटाउने प्रयास गर्ने र त्यहाँबाट समेत विवाद समाधान नभए जिल्ला कमिटीमा राखेर समस्या समाधान गरिने सिंहले जानकारी गराए ।

राजपाले मधेस आन्दोलनमा शहादत प्राप्त गरेका परिवार र आन्दोलनमा कटिबद्ध भई लागेका युवालाई विशेष प्राथमिकतामा राखेर टिकट वितरण गर्ने निधो गरेको सिंहको भनाइ छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.