कडा सुरक्षाबीच जनकपुरमा मनोनयन दर्ता सुरु

कडा सुरक्षाबीच जनकपुरमा मनोनयन दर्ता सुरु

जनकपुरधाम: असोज २ गते निर्धारित तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि जनकपुर उपमहानगरपालिकासहित धनुषा जिल्लाका अन्य स्थानीय तहमा उम्मेदवार मनोनयन दर्ता सुरु भएको छ।

जनकपुर उपमहानगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउने स्वतन्त्र र विभिन्न राजनीतिक दलका उम्मेदवारहरुको घुइँचो लागेको छ।

बिहान १० बजे देखि सुरु मनोनयन दर्ता प्रक्रियालाई सहज र व्यवस्थित बनाउनका लागि निर्वाचन अधिकृतको कार्यालयका साथै नगर क्षेत्रमा कडा सुरक्षाको व्यवस्था गरिएको छ। उम्मेदवारी दर्ता गराउन जानेहरुलाई कडा सुरक्षा जाँचपछि मात्र निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश दिईएको छ।

मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले दिएको जानकारी अनुसार मध्यान्ह १२ बजेसम्म २५ जनाले विभिन्न पदका लागि उम्मेदवारी दिएका छन्। उपमेयरमा एकजना स्वतन्त्र उम्मेदवार राकेश विक्रम साह सहित वडाअध्यक्ष र सदस्य पदहरुमा उम्मेदवारी दर्ता गराईएको हो। मेयरका लागि हालसम्म कसैले पनि उम्मेदवारी दिएका छैनन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.