एउटै नगरमा दुइजनाले मेयरको टिकट पाएपछि अन्यौलमा
रौतहटको चन्द्रपुर नगरपालिकामा एमालेले दुइ जनालाई मेयर पदका लागि टिकट दिएपछि कार्ताकर्ता अन्यौलमा परेक छन् । रौतहटको चन्द्रपुरमा जिल्ला कमिटीले पत्रकार सम्मेलन गरी बाबुराम दाहालको नाम सार्वजनिक गरे लगतै अर्का मेयरका आकाक्षी उद्धव रेग्मीले पनि मेयरको टिकट पाएको दावी गरेपछि कार्यकर्तामाझ अन्यौलता बढेको हो ।
नेकपा एमालेका प्रदेश नम्वर २ का संयोजक सत्यनारायण मण्डलले हस्ताक्षर गरेको पत्र दाहाल र रेग्मीको हात परेको छ । नेकपा एमाले चन्द्रपुर नगर कमिटीका अध्यक्ष शिव आचार्यले रेग्मीले आधिकारीक रुपमा मेयरको टिकट पाएको बताएका छन् । ‘उद्धव रेग्मीले ल्याएको टिकट आधिकारीक हो । उनले भने ।
रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकामा एमालेले दुइ जनालाई मेयर पदका लागि टिकट दिएपछि कार्ताकर्ता अन्यौलमा परेक छन् ।
रौतहटको चन्द्रपुरमा जिल्ला कमिटीले पत्रकार सम्मेलन गरी बाबुराम दाहालको नाम सार्वजनिक गरे लगतै अर्का मेयरका आकाक्षी उद्धव रेग्मीले पनि मेयरको टिकट पाएको दावी गरेपछि कार्यकर्तामाझ अन्यौलता बढेको हो ।
नेकपा एमालेका प्रदेश नम्वर २ का संयोजक सत्यनारायण मण्डलले हस्ताक्षर गरेको पत्र दाहाल र रेग्मीको हात परेको छ । नेकपा एमाले चन्द्रपुर नगर कमिटीका अध्यक्ष शिव आचार्यले रेग्मीले आधिकारीक रुपमा मेयरको टिकट पाएको बताएका छन् । ‘उद्धव रेग्मीले ल्याएको टिकट आधिकारीक हो । उनले भने ।
यता एमालेका रौतहट जिल्ला सचिव लक्ष्मण रेग्मीले केन्द्र र जिल्लाले आधिकारीक रुपमा दाहाललाई मेयरको टिकट दिएको बताएका छन् ।
दाहाललाई पनि संयोजक सत्यनारायण मण्डलले हस्ताक्षर गरेको टिकट दिइएको छ ।
एमाले पार्टीले सोमबार केन्द्रीय कार्यालय धुम्वाराईमा सार्वजनिक गरेको उम्मेदवारको सुचिमा दाहालको नाम मेयर पदको उम्मेदारमा सार्वजनिक भएको छ । नेकपा एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले मनोनयन दर्ता गर्ने क्रममा एकजनाको मात्र दर्ता हुने बताए । ‘उहाँहरु मिलेर नै मनोनयन दर्ता गर्नुहुनेछ ।' उनले भने । एमाले चार बजे मनोनयनका लागि जाने तय भएको छ ।
चन्द्रपुर निर्वाचन कार्यालयका अधिकृत कमलराज भण्डारीले दुवैको फाइल आएको बताउदै मुख्य निर्वाचन आयुक्तलाई जानकारी गराएको बताएका छन्।
रेग्मी बिहान १० बजे नै उम्मेदवारी दर्ता गर्न कार्यालय पुगेका थिए । सो कुरा थाहा पाएपछि दाहालले पनि फाइल बुझाएका छन् । प्रदेश नम्बर दुईका संयोजक सत्यनारायण मण्डलले रेग्मीले आधिकारिकरुपमा टिकट पाएको बताइसकेका छन् । दाहाल माधव नेपाल निकट मानिन्छन् भने रेग्मी वली निकट मानिन्छन् ।