क्यानका पूर्व अध्यक्ष शाहको निधन

क्यानका पूर्व अध्यक्ष शाहको निधन

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)का पूर्व अध्यक्ष जयकुमार नाथ शाहको निधन भएको छ। लामो समयदेखि मुटु रोगबाट ग्रसित ८९ वर्षीय शाहको उपचारका क्रममा नर्भिक अस्पतालमा बुधबार मृत्यु भएको हो। उनलाई एक साताअघि उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएको थियो। नेपाली क्रिकेट टिमका पूर्व राष्ट्रिय खेलाडी शाहले विसं २०२२ सालदेखि नेपाल क्रिकेट संघको नेतृत्व गरेका थिए।

 

उनले लगातार करिब चार दशकसम्म संघको नेतृत्व गरे। शाहले नेतृत्व गरेपछि नै नेपाल अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागि हुन थालेको हो।

यसैबीच नेपाल क्रिकेट संघ (क्यान) का निर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले शाहको निधनले नेपाली क्रिकेटमा अपुरणीय क्षति पुगेको बताए। उनले कार्यथलो बैतडीमा रहनुभएका शाह नेपाली क्रिकेटको सिंगो इतिहास भएको बताए। “क्रिकेटलाई संस्थागत गर्न शाहको अहम भूमिका रह्यो, उनले नै नेपाली क्रिकेटलाई अहिलेको अवस्थासम्म ल्याईपुर्या‍ए” अध्यक्ष चन्दले भने।

शाहको नाममा उनी जीवित छँदै ‘जय ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता' सञ्चालन भएको थियो। सो प्रतियोगिता २०५८ सालपछि एकाएक रोकियो। उनी एसियाली क्रिकेट परिषद् (एसिसी) को उपाध्यक्ष समेत रहिसकेका छन्।

गत भदौ ६ गते काठमाडौँमा सम्पन्न क्यानको विशेष साधारणसभामा शाहलाई युवा तथा खेलकुद मन्त्री राजन केसीले दोसल्ला ओढाएर सम्मान गरेका थिए।

“९६ वर्षसम्म त बाँच्छु होला,” सम्मानित भएपछि साधारणसभामा मन्तव्यका क्रममा शाहले भन्नुभएको कुरा स्मरण गर्दै अध्यक्ष चन्दले भन्नुभयो । शाहले भारतमा क्रिकेट खेल्ने क्रममा ९६ रन बनाउनुभएको थियो । उनी क्रिकेट खेल्दा आफू शतक बनाउनबाट चुकेको कुरालाई बारम्बार स्मरण गर्थे। 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले शाहलाई सन् २००३ मा लाइफटाइम सर्भिस अवार्डबाट सम्मान गरेको थियो । उक्त पुरस्कार पाउने उनी हिलो नेपाली हुन्। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.