'प्रदेश र संसद्को निर्वाचनमा एमाले पहिलो बन्छ'

'प्रदेश र संसद्को निर्वाचनमा एमाले पहिलो बन्छ'

नगरकोट : नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले स्थानीय तहको तेस्रोचरणको निर्वाचनका साथै प्रदेश र संसद्को निर्वाचनमा आफ्नो दल पहिलो पार्टी हुने दाबी गरेका छन्।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा नेकपा एमाले बाहेक अरु राजनीतिक दल नेपालको समृद्धि र विकासमा उदासिन रहेको आरोप लगाउँदै उनले नेपालको समृद्धिका लागि नेकपा एमाले नै पहिलो शक्ति हुने बताएका हुन्।

नेता पाण्डेले तनवटै तहका निर्वाचनमा जीत हासिल गर्ने दाबी गर्दै आगामी मंसिरको अन्तिम साता नेकपा एमालेको बहुमतको सरकार निर्माण हुने ठोकुवा समेत गरे।

वैदेशिक चलखेलकै कारण नेपालमा तत्कालीन सरकारले ल्याएका विकासका कार्यक्रम अहिलेसम्म पनि कार्यान्वयनमा आउन नसकी थन्किरहेको गुनासो गरे।

सरकारले अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायलाई सहयोग नगरेका कारण नेपालमा तस्करी र भ्रष्ट्राचार मौलाउँदै गएको छ भन्दै उनले आफ्नो दलले भने भ्रष्टाचारलाई प्रश्रय नदिने र भ्रष्ट्राचार गरेकालाई नछोड्ने भएकाले नै इतिहासमा एमालेका नेतामाथि भ्रष्ट्राचारको दाग नलागेको बताए । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.