सय जना युवतीले लिए 'आत्मरक्षा तालिम'

सय जना युवतीले लिए 'आत्मरक्षा तालिम'

काठमाडौं: विभिन्न खालका सम्भावित हिंसाबाट जोगिन करिव सय जना युवतीलाई आत्मरक्षा तालिम दिइएको छ। गर्ल किक नाम गरेको संस्थाले काठमाडौंमा युवतीलाई तालिम दिएको हो।

 

विभिन्न पेशा, व्यवसायमा आवद्ध युवतीहरुलाई मनोबैज्ञानिक रुपमा सवल बनाउन र सम्भावित हिंसाबाट जोगिन आत्मरक्षा तालिम दिइएको आयोजक संस्था गर्ल किकका प्रमुख निरज न्यौपानेले बताए। दुई घण्टाको तालिममा युवतिहरुलाई हिंसाबाट जोगिने उपायबारे जानकारी दिइएको थियो।

प्रमुख न्यौपानेले भने, ‘चाहे सार्वजनिक ठाउँमा होस् या घरभित्र, कुनै पनि खालका हिंसाको प्रतिवाद गर्न सक्ने गरी हामीले तालिम दिएका छौं।' उनले आत्मरक्षाको सीपका साथै कानुनी प्रावधानबारे पनि जानकारी दिएको बताए।

तालिमले आफूहरुको आत्मविश्वास बढाउने काम गरेको सहभागि जानुका घिमिरले बताईन्। उनले भनिन्, ठेलमठेल गाडीमा चढ्दा महिलाहरुमाथि अभद्र व्यबहार गरिन्छ, हामी चुपचाप सहन्थ्यौं अब भने मलाई त्यसको प्रतिवाद गर्ने आँट आएको छ।'

आत्मरक्षा तालिमलाई काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र रसुवामा पनि गर्ने तयारी रहेको संस्थाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.