'बिपीको अनुयायी भएर प्रधानमन्त्री हुन पाएकोमा गर्व छ'

'बिपीको अनुयायी भएर प्रधानमन्त्री हुन पाएकोमा गर्व छ'

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वेश्वरप्रसाद कोइरालाको अनुयायी भएर प्रधानमन्त्री हुन पाउँदा आफूलाई गर्व लागेको बताएका छन्।

 

जननायक बिपी कोइराला स्मृति ट्रस्टले विश्वेश्वरप्रसाद कोइरालाको १०३ औैँ जन्मजयन्तीका अवसरमा काठमाण्डौंमा आयोजना गरेको ‘बिपी साहित्य सम्मान तथा बिपी सेनानी सम्मान' कार्यक्रममा उनले बिपीको सिद्धान्तले पार्टी यो अहिलेको अवस्थासम्म आइपुगेको बताए। “हर क्षेत्र र हर विषयमा अध्ययनशील र बुझेको व्यक्ति बिपी कोइरालाको बारेमा अझै अध्ययन, अनुुसन्धान र खोज गर्नु आवश्यक छ,” उनले भने।

प्रधानमन्त्री देउवाले बिपी कोइरालाको साहित्य र राजनीतिलाई आमजनतासम्म लैजानु जरुरी रहेको बताउँदै यसका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले बिपी कोइरालालाई सहयोग गर्ने र उहाँका विचारलाई आम जनतासमक्ष साहित्यमार्फत लैजाने व्यक्तिलाई सहयोग गरेर ट्रस्टले राम्रो काम गरेको उल्लेख गरे।

सो अवसरमा प्रधानमन्त्री देउवाले रु एक लाख एक हजार राशिको ‘बिपी साहित्य सम्मान' वरिष्ठ साहित्यकार प्रा डा अभि सुवेदी तथा रु ५१ हजार राशिको ‘बिपी सेनानी सम्मान' तीर्थराज ज्ञवाली चैतुलाई प्रदान गरे। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.