भृकुटीमण्डपमा सेकुवा मेला
काठमाडौं : बाजेको सेकुवाको आयोजना तथा टुबोर्गको प्रायोजनमा ‘सेकुवा मेला २०७४’ आयोजना हुने भएको छ । आगामी असोज ७ गते काठमाडांैको भृकुटीमण्डपमा उक्त मेला आयोजना हुनेछ । सेकुवा परिकारमा नेपालकै परिचयका रूपमा आफूलाई स्थापित गर्न सफल बाजेको सेकुवाले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।
मेला दिउँसो ३ देखि बेलुका ९ बजेसम्म सञ्चालन हुनेछ । मेलामा सेकुवापारखीले बाजेको मसलामा मोलिएका विभिन्न २० थरीका भेज तथा ननभेज सेकुवाका परिकारको स्वाद लिन पाउनेछन् । यस मेलाको आकर्षणमध्ये होल मटन बार्बिक्यू रहनेछ, जसलाई बाजेको विशेष प्रकारको मसला प्रयोग गरी रोटरमा ग्रिल गरिनेछ । सेकुवाका परिकारबाहेक अतिथिले विभिन्न पेयपदार्थको पनि मज्जा लिन सक्नेछन् ।
मेलामा रोहित जोन क्षेत्री र कुटुम्ब ब्यान्डको सांगीतिक प्रस्तुति रहनेछ । उक्त अवसरमा बालबालिकाका लागि पनि मनोरञ्जनात्मक गतिविधि आयोजना हुनेछ । १५ सय रुपैयाँको टिकट खरिद गरेपछि चाहेजति विभिन्न परिकारका सेकुवा तथा एक कम्प्लिमेन्ट्री पेयपदार्थ खान पाइनेछ । १२ वर्षमुनिका बालबालिकालाई विशेष छुटसहित नौ सयमा टिकट उपलब्ध हुनेछ । अग्रिम टिकट लिनेलाई १० प्रतिशत छुटको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यसैगरी कर्पोरेट तथा सामूहिक टिकट खरिदमा विशेष छुटको व्यवस्था छ । बाजेको सेकुवाका सबै शाखा तथा रोयल इभेन्ट, कोटेश्वरबाट टिकट खरिद गर्न सकिने आयोजकको भनाइ छ ।