भृकुटीमण्डपमा ‘यामाहा महामेला'
काठमाडौं ः यामाहाले बिहीबारबाट चारदिने ‘यामाहा महामेला' आयोजना गर्दै छ । नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजको आयोजनामा हुन लागेको कार्यक्रम काठमाडौंको भृकुटीमण्डपमा भदौ २५ गतेसम्म चल्नेछ ।
‘यामाहा महामेला'मा पुराना बाइकको बेस्ट भ्यालुएसन र एक्सचेन्ज, नयाँ बाइकको स्पट फाइनान्सिङ, निःशुल्क सर्भिसिङ र स्पेयर्स पार्ट्स तथा इन्जिन ओइलमा विशेष छुटलगायत अन्य मनोरञ्जनात्मक कार्यक्रम हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ‘यामाहा महामेला'मा ग्राहकले आफ्नो पुराना बाइक र स्कुटरको सर्वोत्कृष्ट मूल्यांकन पाउनेछन् ।
यसका लागि नेपालकै प्रतिष्ठित २० वटा रिकन्डिसन हाउसको सहभागिता मेलामा हुनेछ । साथै पुराना दुईपांग्रेसँग नयाँ साट्न चाहनेका लागि २० प्रतिशत डाउन पेमेन्टमै स्पट फाइनान्सिङको व्यवस्था यामाहाले गरेको छ । मेलाका सहभागीले जुनसुकै ब्रान्डको मोटरसाइकल वा स्कुटर भए पनि १० प्वाइन्ट फ्री चेकअपको सुविधा पाउनेछन् भने यामाहाका स्पेयर्स पार्टस र यामाल्युबमा १० प्रतिशत छुट पाउनेछन् ।
मेलामा यामाहा बाइक वा स्कुटर खरिद गर्ने ग्राहकले दसैं योजनामा सात हजार रुपैयाँ छुट, ब्रान्डेड हेल्मेट र विशेष किट प्रदान प्राप्त गर्नेछन् । मेलामा प्रसिद्ध बाइकर्सको स्टन्ट सो, सेलिब्रिटी वाक–इन, बी–बोइङ, डान्स, फ्री लाइसेन्स ट्रायल, टेस्ट राइड, ड्रइङ कम्पिटिसन र फुड स्टल पनि हुनेछन् । एमएडब्लूले केही साताअघि मात्र दुई ५० सीसीको रहेको ‘ग्याप'लाई पूर्ति गर्दै एफजी२५ स्ट्रिट फाइटर नेपाली बजारमा ल्याएको थियो ।