नेसनल लाइफले दियो बाढीपीडितलाई राहत
काठमाडौं : नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाढीपीडितलाई राहत वितरण गरेको छ। कम्पनीको शाखा कार्यालय राजविराजमार्फत उक्त राहत वितरण गरिएको हो। तिलाठी कोइलाडी गाउँपालिका-५ अन्तर्गत कोइलाडी बर्साइनका चार सय ५० जना बाढीपिडित घरपरिवारलाई चामल, दाल, आलु, नुन, गेडागुडी, चिउरा आदि वितरण गरिएको हो।
२०७४ भदौ १७ गते राजविराज शाखाका प्रमुख राजेन्द्रप्रसाद यादव संयोजकत्वको उक्त राहत वितरण कार्यक्रममा कम्पनीका शाखा कार्यालयका कर्मचारीलगायत अन्य शाखाका प्रमुख तथा अभिकर्ताको टोली एवं प्रहरी प्रशासनका कर्मचारीको सहाभागिता थियो। टोलीले पीडितको घरमै पुगी राहत वितरण गरेको हो। संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत राहत वितरण गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।