हतकडीसहित अयिभुक्त फरार

हतकडीसहित अयिभुक्त फरार

बुटवल : कपिलवस्तु प्रहरीको नियन्त्रणमा रहेका एकव्यक्ति चितवनबाट हत्कडी सहित भागेका छन् ।  मानव बेचविखन आरोपमा कृष्णनगर प्रहरीले नियन्त्रणमा लिएका मंगला गाउंपालिकाका ३ म्याग्दीका सन्देश किसान सोमबार राति हत्कडी सहित भागेको बताइएको छ ।

 

प्रहरी श्रोतका अनुसार २१ वर्र्षीय किसानलाई बानेश्वर प्रहरीको आग्रहमा सोमबार कृष्णनगर प्रहरीले काठमाडौं लैजादै थियो ।  प्रहरी हवल्दार हरिबहादुर बिष्टको साथमा काठमाण्डौ लगिदै गरेका किसान हत्कडीसंगै फरार भएपछि प्रहरीमा मिलोमतोको आशंका व्यापक उत्पन्न भएको छ । फरार भएका किसानको हातमा रहेको हत्कडी ईच्छा कामना गाऊंपालिका वडा नं ६ मुग्लिङ नजिकै सडक छेउंमा भेटिएको चितवन प्रहरीले बताएको छ ।

घटनामा प्रहरीको लापरवाही भएकाले गुपचुपमै भित्रभित्रै मिलाएर सामसुम पार्न खोजिएको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घटनाको अनुसन्धान कपिलवस्तु प्रहरीले गरिरहेको छ ।

प्रहरीको साथ लागेर पठाइएका व्यक्ती हत्कडीसंगै भागेको केही समयमै सडक किनारमा हत्कडी भेटीनुलाई रहस्यपुर्ण रुपमा हेरिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद अधिकारीले काठमाडौं लैंजादै गर्दा अभियुक्त फरार भएको र उसको खोजी भइरहेको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.