हङकङविरुद्धको खेलका लागि १८ खेलाडी चयन

हङकङविरुद्धको खेलका लागि १८ खेलाडी चयन

काठमाडौं: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिप (डब्ल्यूसीएलसी) अन्तर्गत हङकङविरुद्ध हुने खेलका लागि नेपाली राष्ट्रिय टोलीको १८ खेलाडी छानिएको छ। यसमार्फत प्रतियोगिताका लागि अन्तिम १४ खेलाडी छानिनेछ।

 

बुधबार सार्वजनिक गरिएको टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषाकर, वसन्त रेग्मी, मेहबुब आलम, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी र जितेन्द्रकुमार मुखिया रहेका छन्।

यस्तै सुशील कँडेल, कुशल भुर्तेल, ललित भण्डारी, सुशन भारी, नरेश बुढाऐर, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने अन्तिम १८ भित्र परेका छन्। अस्वस्थ रहेका कारण शक्ति गौचनले यसअघि नै प्रतियोगिता नखेल्ने सार्वजनिक भइसकेको छ भने गत जेठमा भएको प्रधानमन्त्री कपमा सशक्त प्रदर्शन गरेका सौरभ खनाल क्याम्पबाट बाहिरिएका छन्।

यस्तै क्याम्पमा बोलाइएको २२ खेलाडीबाट विक्रम सोब, दिलीप नाथ, हसिम अन्सारी र सुनील धमला पनि बाहिरिएका छन्। नेपाली राष्ट्रिय टोलीले आगामी अक्टोबरको १३ र १५ तारिखमा हङकङसँग उसकै मैदानमा प्रतिस्पर्धा गर्दै छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.